यी कुराहरु घरको छतमा नराख्नुहोस्, नेगेटिभ एनर्जी फैलिन्छ
काठमाडौं । घरमा राखिएका सामानले कहिलेकाहीँ तपाईको प्रगतिमा बाधा पुर्याउन सक्छ । धेरैले बेकारका सामान उठाएर छतमा फाल्ने बानी हुन्छ । तर छतमा राखिएको सामानले तपाईका लागि धेरै समस्याहरू खडा गर्न सक्छ। छतमा परेको फोहोरका कारण माता लक्ष्मी तपाईसँग रिसाउन सक्छिन् । त्यसैले यी चीजहरू छतमा राख्नु हुँदैन।
यी कुराहरु घरको छतमा नराख्नुहोस् नकारात्मक उर्जाको बास हुन्छ:
वास्तुशास्त्र अनुसार घर सफा गरेपछि निस्कने सबै चीजहरू घरबाट बाहिर फाल्नुपर्छ। फोहोर जम्मा गरेर छतमा नराख्नुहोस्। यसले तपाईंको घरमा नकारात्मक ऊर्जा ल्याउन सक्छ। यस्तो घरमा माता लक्ष्मी पनि प्रवेश गर्दैनन् भन्ने धार्मिक विश्वास रहिआएको छ।
घरको छानामा बेकारका रुख तथा बिरुवाहरू नराख्नुहोस् । यसबाहेक छतमा धुलो, माटो जम्मा हुन नदिनुहोस्। समय समयमा छत सफा गरिरहनुहोस्, ताकि त्यहाँ फोहोर जम्मा नहोस्।
धार्मिक मान्यता अनुसार घरको छतमा झाडु, खिया लागेको फलाम वा फोहोर काठ कहिल्यै राख्नु हुँदैन । यी सबै चीजहरू छतमा राख्नु अशुभ मानिन्छ। यी कारणले गर्दा तपाईले आर्थिक समस्याको सामना गर्नुपर्ने हुन सक्छ।
धेरै घरहरूमा पत्रपत्रिकाहरू आउँछन्। पढिसकेपछि प्रायः पत्रिकाहरू छतमा फ्याँक्छन्। तर मान्यता अनुसार पुराना पत्रपत्रिकाको थुप्रो राख्नु हुँदैन । जसका कारण माता लक्ष्मी र माता सरस्वती दुवै तपाईंसँग क्रोधित हुन सक्छन्।
घरको छतमा कहिले पनि भत्एिको सामान, खुट्टा भाजिएका कुर्सीहरु फ्याक्नु हुँदैन । यसले घरमा दरिद्रता भित्राउने गर्दछ ।
Facebook Comment