सिटीको जितमा हालान्डको दुई गोल
![सिटीको जितमा हालान्डको दुई गोल](https://www.dcnepal.com/wp-content/uploads/2022/08/haaland-manchester-city.jpg)
काठमाडौं। फरवार्ड एर्लिङ हालान्डको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले सिजन २०२२/२३ प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । नर्वेली खेलाडीले डेब्यु खेलमै दुई गोल गरेपछि सिटीले वेस्ट ह्याम युनाइटेडलाई २-० अन्तरले पराजित गर्दै तीन अंक जोड्यो।
खेलको ३६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हालान्डले ६५ औं मिनेटमा सिटीको अग्रता दोब्बर पारे। यता, घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग २-१ ले पराजित भयो । युनाइटेडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए।
पास्कल ग्रोसले ३०औं मिनेटमा गरेको गोलबाट युनाइटेडले पहिलो अग्रता लिएको थियो। त्यसको ९ मिनेटपछि नै ब्राइटनले अग्रता दोब्बर पर्यो। ३९औं मिनेटमा पास्कलले नै दोस्रो गोल गरे।
युनाइटेडले एक गोल पनि आत्मघाती उपहार पाएको थियो । खेलको ६८औं मिनेटमा ब्राइटनका एलेक्स म्याक एलिस्टरबाट आत्मघाती गोल भएको थियो।
Facebook Comment