बार्सिलोनालाई जोन गाम्परको उपाधि
काठमाडौं। मेक्सिकन क्लब पुमास यूएनएएमलाई ६-० ले पराजित गर्दै स्पेनिस क्लब बार्सिलोनाले जोन गाम्परको उपाधि जितेको छ। आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन पेड्रीले दुई गोल गरे । यस्तै, रोबर्ट लेवान्डोस्की, औसमाने डेम्बेले, पिएरे औबामेयाङ र फ्रान्की डी योङले एक एक गोल गरे।
बार्सिलोनाले पहिलो २० मिनेटमै चार गोल गरेको थियो । यसै खेलबाट बार्सिलोनाले आफ्ना रक्षक ड्यानी अल्भेसलाई बिदाइ गरेको छ।
बार्सिलोनाले अर्को शनिबार रायो भालेकानोसंग खेल्दै ला लिगा सिजन २०२२/२३ सुरुवात गर्नेछ।
प्रतिक्रिया
Facebook Comment