लमजुङमा आगलागीबाट घर जलेर नष्ट

लमजुङ । लमजुङको बेंसीसहर नगरपालिका ११, रामचोक बेंसीमा आगालागीबाट एउटा घर जलेर नष्ट भएको छ ।
आइते सार्की र उनकी पत्नी उजेली बस्दै आएको घरमा मंगलबार बिहान आगलागी भएको हो । वृद्धवृद्धा मात्रै बस्दै आएको घरमा बिहान १० बजेको आसपासमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले मंगलबार बिहान अन्दाजी साढे ९ बजेको समयमा बेंसीसहर नगरपालिका ११ चिती रामचोक कोलडाँडास्थित ७० वर्षीय आइते सार्कीको घरमा खाना पकाउने क्रममा अचानक आगलागी भइ घर पूर्ण रुपमा जलेको बताए ।
आगलागीपछि प्रहरी निरीक्षक विष्णु विकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । उनका अनुसार घर सबै जल्दा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । मानवीय तथा पशु चौपायको क्षति नभएको र उक्त आगो स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको उनले बताए ।
Facebook Comment