युवालाई आह्वान
प्रत्येक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ। यस वर्षको युवा दिवसको थिम ‘सबै उमेरका मानिसको लागि विश्वः अन्तर्राष्ट्रिय ऐक्यवद्धता’ रहेको छ भने ‘हाम्रो विश्व परिवर्तन गरौँ’ भन्ने नारा रहेको छ।
कुल जनसंख्याको चालीस प्रतिशत भन्दा बढी युवाहरु रहेको नेपालमा युवा दिवसको छुट्टै महत्व छ। त्यसोत युवा दिवस मनाएर मात्र समग्र युवाको विकासमा खासै योगदान नपु¥याए पनि यसको सांकेतिक अर्थ भने महत्वपूर्ण छ।
कमनवेल्थ राष्ट्रहरुको संगठनले युवा विकासका विविध आयामहरुलाई समेटेर विश्व युवा विकास सूचांक प्रकाशन गर्ने गरेको छ। युवा विकास सूचांक गणना गर्दा युवाहरुको स्वास्थ्य तथा कल्याणको अवस्था, शिक्षा, रोजगारी र अवसर, समानता र समावेशिता, राजनीति र नागरिक सहभागिता, शान्ति तथा सुरक्षा जस्ता विषयहरुलाई आधार बनाइएको हुन्छ।
यिनै विषयहरुको आधारमा गणना गरिएको विश्व युवा विकास सूचांक २०२० का अनुसार ०.८७५ स्कोरका साथ सिंगापुर पहिलो स्थानमा छ भने चाड ०.३९८ स्कोरका साथ अन्तिम स्थानमा रहेको छ। यस सूचांकमा नेपाल भने ०.६८९ स्कोरका साथ ९४ औँ स्थानमा रहेको छ।
नेपालको सामथ्र्यको चर्चा गर्दा यहाँको युवाशक्तिलाई प्राथमिकतापूर्वक उल्लेख गर्ने गरिन्छ। देशको जनसंख्याको ठूलो हिस्सा युवा हुनुलाई नीति निर्माताहरु जनसांख्यिक लाभको रुपमा ब्याख्या गर्ने गर्छन्। भाषणवाजी र नीतिगत छलफलमा युवाशक्तिलाई प्राथमिकतामा राखे पनि युवालाई अवसर दिन भने राष्ट्र चुकेको छ।
जीवनको सबैभन्दा उर्जाशिल समय भए पनि नेपाली युवाहरुको सबैभन्दा ठूलो समस्या बेरोजगारी तथा अद्र्धबेरोजगारी भएको छ। श्रमशक्ति सर्वेक्षण २०७५ का अनुसार देशभरमा ९ लाख ८ हजार जना पुर्ण बेरोजगार रहेका छन्। यी पुर्ण बेरोजगार जनसंख्याको ३८.१ प्रतिशत १५-२४ वर्ष उमेर समूहका रहेका छन् २५-३४ वर्ष उमेर समूहका ३१.१ प्रतिशत रहेका छन्।
जीवनको सबैभन्दा उर्जाशिल समय भए पनि नेपाली युवाहरुको सबैभन्दा ठूलो समस्या बेरोजगारी तथा अद्र्धबेरोजगारी भएको छ। श्रमशक्ति सर्वेक्षण २०७५ का अनुसार देशभरमा ९ लाख ८ हजार जना पुर्ण बेरोजगार रहेका छन्। यी पुर्ण बेरोजगार जनसंख्याको ३८.१ प्रतिशत १५-२४ वर्ष उमेर समूहका रहेका छन् २५-३४ वर्ष उमेर समूहका ३१.१ प्रतिशत रहेका छन्।
प्रदेशगतरुपमा हेर्दा दर सबैभन्दा उच्च बेरोजगारी दर मधेस प्रदेशमा २०.१ प्रतिशत र त्यसपछि क्रमशः सुदुरपश्चिम प्रदेशमा ११.५ प्रतिशत, लुम्बिनी ११.२ प्रतिशत, प्रदेश एकमा १०.२ प्रतिशत, कर्णाली प्रदेशमा ९.७ प्रतिशत, गण्डकी प्रदेशमा ९ प्रतिशत र बाग्मती प्रदेशमा सबैभन्दा कम ७ प्रतिशत बेरोजगारी दर रहेको छ। उच्च उत्पादकत्व भएका यी युवाको अर्थतन्त्रमा उपयोग हुन नसक्नु उनीहरुको लागि मात्र होइन देशकै लागि ठूलो नोक्सान हो।
त्यस्तै देशभित्र रोजगारीको अभावमा झण्डै पचास लाख युवाहरु विश्व श्रम बजारमा पुगेका छन्। बैदेशिक रोजगारीको लागि गएका युवाहरुले पठाएको विप्रेषणले देशको कुल गार्हस्थ्य उत्पादनको झण्डै २५ प्रतिशत हिस्सा ओग्ट्छ। त्यति मात्र होइन विदेशी मुद्रा संचिती खस्कदै गएर दुर्घटनाको निकट पुगेको नेपाली अर्थतन्त्रलाई एउटा भरपर्दो आधार बनेको छ युवाहरुले वैदेशिक रोजगारीबाट पठाएको विप्रेषण।
देशको सामथ्र्यको रुपमा रहेको युवाशक्तिको महत्व देशले बुझ्न सकेको छैन। त्यसैले त नीतिगत तहमा युवाका मुद्दालाई सही रुपमा उठाइएको छैन् र युवाको समस्या समाधानमा सरकार गम्भिर देखिँदैन। राजनीतिक दलहरुले पनि युवा प्रतिनिधित्व र राजनीतिमा युवालाई अवसर दिन कञ्जुस्याँई गरेको देखिन्छ। दुःखका साथ भन्नुपर्छ युवालाई नेतृत्वले खासै विश्वास गरेको देखिँदैन।
तर यथार्थ के हो भने विश्वका महान व्यक्तित्वहरुले युवा अवस्थामा नै इतिहास निर्माताको रुपमा आफूलाई स्थापित गरिसकेका थिए। विश्व कम्युनिष्टका महान गुरु कार्ल माक्र्स कम्युनिष्ट घोषणा पत्र तयार गर्दा तीस वर्षका थिए, नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दा कमरेड पुष्पलाल पच्चिस वर्षका युवा थिए। त्यस्तै जार शाही विरुद्ध आहुती दिदा अलेकजेन्डर हुन या राणाशासन विरुद्ध सगर्व फाँसी चढ्ने गंगालाल पनि युवा नै थिए। यी तथ्यहरुले पनि युवा अवस्था जोस, जाँगर, सिर्जनशिलता र क्रान्तिकारिताले भरिपुर्ण हुन्छ भन्ने पुष्टि हुन्छ।
त्यसोत भर्खर सम्पन्न स्थानीय तहको निर्वाचनमा चालीस प्रतिशतको हाराहारीमा युवाहरु निर्वाचित भएका छन्। यो एउटा सुखद संकेत हो। अब हुन गइरहेको प्रादेशिक तथा संघीय निर्वाचनमा पनि युवाहरुको प्रतिनिधित्व त्योभन्दा उत्साहप्रद हुनैपर्छ र त्यसको लागि युवाहरु लाग्नै पर्छ। यसले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय सपना पूरा गर्न सम्भव तुल्याउँछ।
नेपालमो युवा विकासको लागि नीतिगत तथा संस्थागत व्यवस्था हुँदै नभएको पनि होइन। युवा विकासका लागि संवैधानिक व्यवस्था हुनु, युवाहरुको समग्र विकासका लागि युवा तथा साना व्यवसायी स्वरोजगार कोष, राष्ट्रिय युवा परिषद् लगायतका विभिन्न संरचनात्मक प्रवन्ध हुनुु आदि सकारात्मक पक्षहरु हुन्।
तर पनि यी व्यवस्था पर्याप्त हुन सकेको छैन। युवा लक्षित नीति तथा कार्यक्रमहरु पनि अनुसन्धानमा आधारित नहुँदा तथा अद्यावधिक तथ्यांकको अभावमा सहज कार्यान्वयन र नतिजामूखी हुन सकेका छैनन्। आन्तरिक श्रम बजारमा भएको श्रमिकको माग र आपूर्तीको वस्तुगत तथ्यांक तथा समन्वयको अभावमा एकातर्फ श्रमिकले रोजगारी नपाउने अवस्था छ भने अर्कोतर्फ श्रमबजारमा श्रमिकको अभाव पनि देखिएको छ।
यस्तो अवस्थाको अन्त्यको लागि वडा तथा पालिका तहबाट नै युवा जनशक्तिको तथ्यांक अद्यावधिक गर्ने श्रमबजारसँग समन्वय गर्नुपर्ने देखिन्छ। हाल भैरहेको जस्तो युवा श्रमशक्तिको निर्यात र उपभोग्य वस्तुको आयात गर्ने अवस्था रहने हो भने जनसांख्यिक लाभबाट देशले खासै फाइदा लिन सक्दैन।
देशका हरेक क्षेत्रको विकासको अवस्था प्रारम्भिक चरणमा रहनुले देशभित्रै असीमित अवसरलाई देखाउँछ। त्यस्तै भुमण्डलीकरणले साँघुरो बनाएको विश्वमा देशभित्रैबाट विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने वातावरण पनि बनाएको छ। तर यी निकायले समग्र युवालाई समेट्न सकेको छैन।
त्यसैले युवा लक्षित यी संस्थागत संरचनालाई स्पष्ट कार्यदिशा, वलियो संरचना, विस्तारित भूमिका तथा राजनीति हस्तक्षेपमुक्त बनाउने हो भने यिनको कार्य सम्पादन अझ प्रभावकारी हुने अपेक्षा गर्न सकिन्छ। विद्यमान अवसरहरुलाई अझ विस्तार गर्दै युवाहरुको क्षमतालाई देशभित्रै उपयोग गर्न सके देशको आर्थिक वृद्धि र समृद्धिले गति लिन सक्नेमा विश्वस्त हुन सकिन्छ।
र अन्त्यमा, अवसर मागेर पाइदैन, संघर्ष गरेर लिनु पर्छ। जुनसुकै क्षेत्रमा युवाको प्रतिनिधित्वको लागि पनि यो मन्त्र लागू हुन्छ। त्यसैले हरेक क्षेत्रमा रहेका युवाहरुले आफ्नो क्षेत्रमा परिवर्तनको लागि नेतृत्व गर्न हरदम तयार रहनै पर्छ। त्यसैले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हरेक युवाले प्रतिवद्धता व्यक्त गरौँ र अर्को युवालाई आह्वान गरौँ ‘अबको पालो युवाको हो र युवाको नेतृत्वमा नै भोलिको सुन्दर र समृद्ध विश्व सम्भव हुन्छ।’ आउ हातेमालो गरौ विश्व परिवर्तनको लागि !
(पाैडेल राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य हुन्)
Facebook Comment