कालीबाबाको उद्दण्ड काम, अचानक जगाइदिए गुह्येश्वरीको खड्ग

काठमाडौं। केही दिनदेखि काठमाडौं देखा परेका राजनीतिक बाबाका रुपमा विवादास्पद बन्दै आएका कालीदास बाबाले गुह्येश्वी मन्दिरभित्र प्रवेश गरी साउन २६ गते गुह्येश्वरी माताको खड्ग जगाउने काम गरेका छन्।
एउटी सभ्रान्त वर्गकी जस्ती देखिने महिलालाई अघि सारेर कालीबाबाले राजकीय पूजाका क्रममा मात्र गरिने खड्ग साधना गर्दै गरेको फोटो सार्वजानिक भएको छ। फोटोमा ती महिलाको अनुसार प्रष्टसँग नआएको को हुन् उनी भन्ने खुट्याउन मुस्किल परेको छ।
तर, गुह्येश्वरी माताको मन्दिरको भित्री भागमा प्रवेश गरेर कालीबाबाले ती महिलालाई अघि राखी उनको सामुन्नेमा गुह्येश्वरी माताको खड्ग ठड्याई सो तन्त्र विधिबाट त्यसको साधना गर्दै गरेको भन्ने तस्वीरले प्रष्ट पारेको छ।
तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा राजाका शत्रु बिनास गराइदिने भन्दै राजालाई भ्रममा पारेर सुकेका खोर्सानी मगाई ध्यू र खोर्सानीको सातदिन यज्ञ गराउने यिनी कालीबाबा थिए। नागार्जुन दरवारका त्यसरी खोर्सानीको यज्ञ लगाएको केही समयपछि राजा ज्ञानेन्द्रको सत्ता ढलेको थियो।
तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा राजाका शत्रु बिनास गराइदिने भन्दै राजालाई भ्रममा पारेर सुकेका खोर्सानी मगाई ध्यू र खोर्सानीको सातदिन यज्ञ गराउने यिनी कालीबाबा थिए। नागार्जुन दरवारका त्यसरी खोर्सानीको यज्ञ लगाएको केही समयपछि राजा ज्ञानेन्द्रको सत्ता ढलेको थियो।
त्यसपछि धेरै समय नेपाल नै नटेकेका यी राजनीतिक बाबा केही बर्षदेखि बेला बेला नेपाल झुल्कने र उल्टा पुल्टा काम गरेर भारत फर्किने गरेका छन्। ओखलढुंगामा जन्मेका यी बाबाले गतबर्ष नेपाल आउँदा तत्कालीन राप्रपाका अध्यक्ष कमल थापालाई राजा विरोधी भन्दै सार्वजानिकरुपमै गाली गरेर फर्केका थिए।
यसपल्टको भ्रमणमा भने राज्यको परम्परालाई नै चुनौती दिँदै उनी गुह्येश्वरी मन्दिरभित्र प्रवेश गरी राजकीय पूजामा मात्र प्रयोग गरिने गुह्येश्वरी माताको खड्ग झिकेर खड्ग साधना पूजा गरेका छन्।
संस्कृतिविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले कालीबाबाको यो हर्कतलाई नेपालको अस्मिता मास्ने दुष्प्रयास भन्दै आक्रोश व्यक्त गरेका छन्। यस्तै यस्तै नचाहिने कामले राजतन्त्रको जरै उखेलिएको भन्दै उनले खड्ग सिद्धि पूजा गराउने कालीबाबाको यो हर्कतमा जो जो संलग्न छन् तिनको सर्वनास हुने दावी पनि गरेका छन्।
कालीबाबाले गुह्येश्वरीको गर्भ गृहभित्र प्रवेश गरेर खड्ग सिद्धि पूजामात्र होइन गर्भ गृहको तस्वीर पनि सार्वजानिक गराएकोमा उपकुलपति गुरुङ्गले आक्रोश पोखेका छन्। उनलाई यस्तो काम गर्न अनुमति कसले दियो? भन्ने प्रश्न गर्दै उनले यस्तो अनियमित पूजा प्रत्युत्पादक हुने जिकिर गरेका छन्।
आफ्नो फेसबुक पेजमा शुक्रबार साँझ एक लामो स्ट्याटस लेख्दै गुरुङले गर्भगृहको तस्वीर खिच्न कसैलाई अनुमति नभएको भन्दै आक्रोश पोखेका छन्। खड्ग सिद्धि पूजा यसअघि राजाको सक्रिय शासनमा राजा स्वयंले र त्यसपछि राष्ट्रपतिले मात्र गर्ने परम्परा कायम गरिएको थियो।
यसपल्ट कालीबाबाले झिकेर खड्ग सिद्धि पूजा गराइदिएका छन्। यो प्रकरणले धार्मिक क्षेत्रमा ठूलो विवाद मात्र आएको छैन, यस्तो पूजाको अनुमति दिने पशुपति क्षेत्र विकास कोष र गुह्येश्वरी मन्दिरका पुजारीमाथि पनि राज्य परम्पराविपरीत काम गरेको भन्दै प्रश्न उठेको छ।
पशुपति क्षेत्र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत पर्दछ। नेपाल भ्रमणमा यसपटक रहंदा कालीबाबाले नेपालमा फेरि राजतन्त्र फर्किने दावी गर्दै राजतन्त्र पक्षधरसँग भेटघाट गरेका थिए।
Facebook Comment