कांग्रेस नेता भट्टराईले गरे झापा–५ प्रदेश (क) बाट उम्मेदवारी दिने घोषणा

डिसी नेपाल
२८ साउन २०७९ १२:३५

काठमाडौं। सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै नेताहरु टिकटको ‘लभिङ’ गर्न सुरु गरेका छन्।कतै स्वतन्त्र उम्मेदवारी दिने त कतै पार्टीले आफूलाई नै टिकट दिने दावी गर्दै आफ्नो उम्मेदवारी घोषणा गर्दै आएका छन्।यस्तै झापा जिल्ला नेपाली कांग्रेसका नेता महेन्द्र भट्टराईले पनि आफूले उम्मेदवारी दिने घोषणा गरेका छन्।

उनले झापा निर्वाचन क्षेत्र नम्वर ५ को प्रदेश (क)बाट उम्मेदवारी दिने बताएका छन्। उनले यो पटक पार्टीले आफूलाई नै टिकट दिने दावी गर्दै सामाजिक सञ्जाल मार्फत उम्मेदवारी दिने घोषणा गरेका हुन्।‘मैले लामो समय देखि विद्यार्थी राजनीति गर्दै अहिले पार्टी राजनीतिमा सक्रिय छु।जीवन नै समाज सेवा र देशको लोकतन्त्रकालागि समर्पित गर्छु भनेर राजनीतिमा लागेको हुँ।त्यसकारण पनि पार्टीले न्याय गर्छ भन्ने विश्वास छ।’

भट्टराईले भने ‘अबको नेतृत्व भनेको अग्रजलाई सम्मान गर्दै युवालाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने अवस्था पनि आएको छ। त्यसकारण मैले उम्मेदवारी दिने घोषणा गरेको हुँ। र मलाई पार्टीले न्याय गर्छ भन्नेमा विश्वस्त छु।’ उनले आफूलाई पार्टीले टिकट दिए निर्वाचन जित्ने समेत बताए।

उनले भने ‘जनआन्दोलमा घाईते भएको व्यक्ति हुँ र पटक/पटक आन्दोलन गर्दा प्रहरी हिरासतमा पनि बसेको छु। झापाको माटोमा हुर्किए त्यसैले यहाँको समुदायको समस्या बुझेको छु।उमेरले पनि युवा छु देश र समाजकालागि पनि केही गरौँ भन्ने भावना छ।त्यसकारण पनि पार्टीले टिकट दिने कुरामा विश्वस्त भएको हुँ।’

नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीतिबाट पार्टी राजनीतिमा होमिएका भट्टराई २०६५ सालको स्वतन्त्र विद्यार्थी युनियन सभापति भएका व्यक्ति पनि हुन्। काठमाडौंको कोटेश्वर बहुमुखी क्याम्पसको २०६२ सालको स्ववियु सदस्य हुँदै २०६५ सालमा स्ववियु सभापति भएका हुन्।झापा–५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो।त्यसैले पनि यहाँको राजनीतिलाई चासोका साथ हेरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *