म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ४-० ले स्तब्ध

डिसी नेपाल
२९ साउन २०७९ ६:४१

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ। ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाईटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो समेत गोलबिहिन रहे।

ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक एक गोल गरे। ब्राइटनले सुरुवाती ३५ मिनेटमै ४-० को अग्रता बनाएको थियो। जितपछी ब्राइटन २ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ। लगातारको हारसँगै युनाइटेड पुछारमा छ।

यस्तै, गए राति नै भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले सहज जित निकालेका छन्। सिटीले घरेलु मैदानमा बर्नेमाउथलाई ४-० ले पराजित गर्यो । लगातार दोस्रो जित निकाल्ने क्रममा आर्सनलले लेस्टर सिटीलाई ४-२ ले हरायो।

यस्तै, अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाईटेडले २-२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेले।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *