संसारकै सबैभन्दा सेक्सी खेलाडी धरधरी रोइन्
काठमाडौं । विश्वकै सेक्सी एथलीट घोषित भएकी जर्मन धावक एलिसा स्मिड यतिबेला चर्चामा छिन् । एलिसाले आफ्नो दौड र सौन्दर्यबाट लगातार फ्यानको मन जितिरहेकी छिन् तर यसपटक उनको भावुक अनुहार सबैको अगाडि आएको छ ।
२३ वर्षीया एलिसाले हालै विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । अहिले भर्खरै उनी युरोपियन च्याम्पियनसिपका लागि छनोट भएकी छिन्, यो छनोटपछि उनको भावुक भिडियो सार्वजनिक भएको छ ।
एलिसा स्मिड जर्मनीका लागि मिश्रित रिले दौडमा दौडिन्छिन् । हालसालै उनले ४०० मिटर ४ दौडमा राम्रो प्रदर्शन गरिन् तर त्यसको बाबजुद पनि उनी विश्व च्याम्पियनसिपको फाइनलमा पुग्न सकिनन्।
View this post on Instagram
यसैबीच युरोपियन च्याम्पियनसिपका लागि उनको छनोट पक्का भएको छ । अर्थात् यो च्याम्पियनसिप म्युनिखमै हुने भएकाले उनले घरेलु दर्शकको अगाडि प्रदर्शन गर्नेछिन् । एलिसाले आफ्ना साथीभाइ र परिवारका अगाडि प्रदर्शन गर्न आतुर रहेको बताइन् ।
युरोपियन च्याम्पियनसिपमा छनोट पक्का भएपछि एलिसाले इन्स्टाग्राममा एउटा तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘यस छनोटबाट म निकै खुसी छु, यो छनोटले मेरो लागि कति अर्थ राख्छ, तपाइँलाई थाहा छैन ।’
एलिसा स्मिडको इन्स्टाग्राममा ३० लाखभन्दा बढी फलोअर्स छन् । आफ्नो सुन्दरताका कारण उनी निकै चर्चामा रहन्छिन्, त्यसैले उनलाई विश्वकै सेक्सी एथलीट भनिन्छ । अस्ट्रेलियाको एउटा पत्रिकाले उनलाई यो उपाधि दिएको हो ।
२३ वर्षीया एलिसा स्मिडका धेरै भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनले धेरै म्यागजिनका लागि फोटोसुट पनि गराएकी छिन् ।
Facebook Comment