शारीरिक सुगठनको प्रशिक्षकलाई प्रशिक्षण

डिसी नेपाल
३१ साउन २०७९ १७:३७

 काठमाडौं । नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशले शारीरिक सुगठनका प्रशिक्षहरूलाई प्रशिक्षण प्रदान गरेको छ ।  प्रशिक्षणबाट दीक्षित प्रशिक्षकहरूलाई नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले प्रमाणपत्र प्रदान गरे ।

ललितपुरको सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटिको सभाकक्षमा भएको कार्यक्रममा प्रशिक्षणबाट दीक्षित भएका विभिन्न जिल्लाका २८ प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

९ दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा सहभागीहरूलाई पूर्व नेपाल च्याम्पियन एवं नेपालमा शारीरिक सुगठनका ज्ञाताका रुपमा परिचित, कार्यक्रम संयोजक शिवलाल श्रेष्ठ, प्रमुख प्रशिक्षक राजेन्द्ररत्न तुलाधर, विज्ञहरू संजय महर्जन, दिवाकरलाल अमात्य, डा‌. ज्ञानेन्द्र शाह र सुकदेव कार्की लगायतले प्रशिक्षण प्रदान गरेका थिए ।

निलेन्द्रराज श्रेष्ठले प्रशिक्षकहरुले प्राप्त गरेका ज्ञानले आगामी दिनमा खेलाडीहरुले उपयुक्त ज्ञान प्राप्त गर्न सहज हुनुका साथै प्रशिक्षणका दौरानमा आईपर्ने दुर्घटनाबाट बच्न र बचाउन निकै नै ठुलो योगदान पुग्नेमा बिश्वस्त रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *