छैटौँ एभरेष्ट इन्टर स्कुल बाँस्केटवल प्रतियोगिता सुरू

डिसी नेपाल
२ भदौ २०७९ १६:२९

भक्तपुर । भक्तपुर इङ्लिस स्कुल भक्तपुरको आयोजनामा छैटौँ एभरेष्ट इन्टर स्कुल बाँस्केटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन आयोजक स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले गरे । उनले फ्रेण्डसिप फष्ट र कम्पिटिसन सेकेण्ड भन्ने भावनाका साथ प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको बताए । उनले स्कुलहररुबीच राम्रो सम्बन्धका लागि पनि प्रतियोगिता आयोजना गरेको जनाए ।

प्रतियोगिता तीन वटा क्याटगोरीमा हुनेछ । सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्स गरी तीन वटा क्याटागोरीमा हुनेछ । प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ वटा स्कुलबाट प्रतिश्पर्धी सहभागी भएका छन् । प्रतियोगिताको फाइनल खेल ८ भदौमा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *