देशभर थपिए ५४२ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ५४२ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५४२ जनामा संक्रमण पुष्टि भएको हो । ४ हजार ९३० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
२ हजार ८२ जनाको पिसिआर र २ हजार ८४८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । आज थपिएकासँगै देशभर ५२६५ जना सक्रिय संक्रमित रहेका छन् ।
सोही अवधिाम ४२१ जना संक्रमित निको भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।
प्रतिक्रिया
Facebook Comment