नेदरल्यान्डजिरूद्ध पाकिस्तानलाई शृंखला

डिसी नेपाल
३ भदौ २०७९ ७:५६

काठमाडौं। लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले घरेलु टोली नेदरल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय शृंखला एक खेल अगावै हात पारेको छ। बिहिबार राति ७ विकेटको सहज जित निकाल्दै पाकिस्तान “क्लिन स्विप” तर्फ अगाडि बढेको हो।

१८७ रनको विजयी लक्ष्य पाकिस्तानले ३३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे। उसका तीन ब्याटरले अर्धसतक प्रहार गरे। मोहम्मद रिजवानले सर्वाधिक ६९ रन बनाए । यस्तै, कप्तान बाबर अजाम ६९ र आगा सलमानले ५० रनको योगदान गरे। नेदरल्यान्डका भिभिएन किंग्माले २ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४४ ओभर १ बलमा सबै विकेट गुमाउँदै १८६ रन बनायो। उसका बास डि लिडले सर्वाघिक ८९ र टम कुपरले ६६ रनको योगदान गरे । पाकिस्तानका हरिस रउफ र मोहम्मद नवाजले समान तीन विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *