चट्याङ लागेर मुगुमा गोठालाको मृत्यु

मुगु । मुगुको छायानाथरारा नगरपालिका–११ का १९ वर्षीय अजबहादुर कुमाईको चट्याङ लागेर ज्यान गएको छ । चट्याङ लागेर शेरबहादुर बुढा बेहोस भएका छन् ।
नगरपालिकाको ऋणीमोक्ष बाघजाउला भन्ने ठाउँमा बिहीबार दिउँसो भेडा चराउँदै गर्दा एक्कासी चट्याङ लागेर कुमाईको मृत्यु भएको र बुढा बेहोस भएको प्रहरीले जनाएको छ । बेहोस भएका बुढा एक घण्टापछि होसमा आएका थिए ।
प्रतिक्रिया
Facebook Comment