क्यासेमिरो म्यानचेस्टर युनाइटेड जाने

डिसी नेपाल
४ भदौ २०७९ ७:४४

काठमाडौं। स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर क्यासेमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड जाने भएका छन्। ब्राजिलियन मिडफिल्डर क्यासेमिरोलाई युनाइटेडले चार वर्षको लागि अनुबन्ध गर्ने सैद्धान्तिक सहमति भएको छ । दुबै क्लबले आधिकारिक पुष्टि गरेका छैनन्।

३० वर्षीय क्यासेमिरो सन् २०१३ मा रियल आएका थिए। यस क्रममा रियलका लागि तीन ला लिगा र पाँच च्याम्पियन्स लिग जितेका छन्। जहाँ दुइ सय २२ खेलमा २४ गोल गरेका छन्।

क्यासेमिरो युनाइटेड जाने भएसंगै पूर्वसहकर्मी क्रीस्टियानो रोनाल्डोसंग पूनर्मिलन हुने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *