मन्त्री कार्कीद्वारा सप्तकोसी बाढी प्रभावित क्षेत्रकोे निरीक्षण
इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । केही दिन अगाडि सप्तकोसी नदीले बहाव परिवर्तन गर्दा सुनसरी बराह क्षेत्र नगरपालिका–६ र ८ का जनताले बाढीबाट प्रभावित जनताको अवस्था बुझ्न उनले त्यस क्षेत्रको निरीक्षण गरेका हुन् ।
प्रभावित जनताको अवस्था बुझ्दै त्यस क्षेत्रलाई मन्त्रिपरिषद्को बैठकले सङ्कटग्रस्त क्षेत्रको रूपमा घोषणा गरिसकेकाले उनले आवश्यक राहतका लागि कार्य उपलब्ध गराउन सुरु गरिएको बताए । मन्त्री कार्कीले त्यस क्षेत्रको पीडितहरूको अवस्था अहिलेसम्म भएको राहतको कार्य, उद्धार, क्षतिको विषयमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुख प्रभुप्रसाद ढकालसहितको सरोकारवालासँग जानकारी लिए ।
Facebook Comment