भुलेर पनि पैसा राख्ने दराजमा नराख्नुस् यी चिज!
काठमाडौं । पैसा राख्ने दराजमा माता लक्ष्मी र कुबेर भवानीको बास हुने मान्यता छ । तसर्थ, यसलाई राख्नका लागि धेरै कुराको ध्यान दिनुपर्ने हुन्छ । दराजमा पैसा, गहनासँग सम्बन्धित धेरै कुराहरू राखिन्छन्। तर केहि चीजहरू छन् जुन कहिल्यै पनि पैसा राख्ने दराजमा राख्नु हुँदैन। यदि राखे धनको हानि हुने र सधंै पैसा सकिने वास्तुशास्त्रीहरु बताउँछन् ।
हेरक घर वा व्यापारीको पैसा राख्ने दराज वा बाकस हुन्छ। जसमा गहना, नगदसँग सम्बन्धित धेरै चीजहरू राखिन्छन्। तर कहिलेकाहीँ यस्तो पनि हुन्छ कि पूरा दराज वा बाकस अचानक खाली हुन्छ। जसका कारण व्यक्तिले धेरै समस्याको सामना गर्नु पर्ने हुन्छ। यो कसरी भयो हामीले बुझेका छैनौं। आज हामी तिजोरी खाली हुने रहस्यका बारेमा बताउँछौं ।
वास्तुशास्त्रमा हरेक समस्याको समाधान भनिएको छ । जसमा बाकस वा लकरमा सामान राख्नाले नकारात्मकता बढ्छ र बाकस खाली हुन्छ भनी भनिएको छ । सेफ वा लकरमा राख्नु पर्ने कुराहरूके के हुन् आज हामी तपाईलाई बताउँछौं ।
पैसा राख्ने दराजमा यी चिज कहिल्यै नराख्नुहोस्:
–मुद्धा, अदालत वा कुनै विवाद सम्बन्धी कागजातहरू भूलवश पनि पैसा राख्ने दराज वा बाकसमा नराख्नुहोस्। यसले पैसा बर्बाद हुन्छ र तिजोरी खाली हुन्छ।
–वास्तुअनुसार तिजोरीको मुख दक्षिण दिशामा र्फकाएर नराख्नुहोस्। यसले नकारात्मकता ल्याउँछ। तिजोरीको मुख उत्तर दिशामा राख्नु उत्तम मानिन्छ ।
–देवताको पूजा गर्ने कोठामा तिजोरी कहिल्यै नराख्नुहोस्। मन्दिरको स्थानमा पैसा राख्ने ठाउँ हुनु हुँदैन।
–पैसाको जति नै अभाव किन नहोस् । तर तिजोरी कहिल्यै खाली राख्नु हुँदैन। यसले नकारात्मकतालाई हावी बनाउँछ।
–कालो कपडामा कहिल्यै कुनै पनि गहना वा नगद सेफमा नराख्नुहोस्। रातो कपडा बिछ्याएर वा रातो रंगको कपडाले बाँधेर राख्नु पर्छ।
–जुठो हातले कहिल्यै तिजोरीलाई नछुनुहोस्। हतारमा, कहिलेकाहीँ हामीले खाना खाँदा आवश्यक पर्दा सेफबाट पैसा निकाल्छौं, तर हामीले त्यसो गर्नु हुँदैन।
Facebook Comment