यी ५ ‘सुपर फूड’ ले कम गर्छ हृदयघातको जोखिम

डिसी नेपाल
८ भदौ २०७९ ९:४४

काठमाडौं । धेरै मानिसहरुको मृत्युको कारण हृदयघात बन्ने गर्दछ । विश्व व्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ। पुरुष(महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ। मुटुरोग प्राणघातक भए तापनि ८० प्रतिशत हृदयघात रोकथाम गर्न सकिन्छ।

विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर वर्षनी १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्दछन्।

यो रोग विशेष गरी ४० वषर्भन्दा बढी उमेरका मानिसहरूमा देखिन्छ तर आजकल यो रोग युवा उमेरका मानिसहरूमा पनि देखिन थालेको छ। नेपालमा मुटुरोग बढ्ने क्रममा छ। हाल करिब १५ प्रतिशत जनतालाई कुनै न कुनै प्रकारको मुटुरोग भएको अनुमान गरिएको छ।

नेपालमा १० वर्षता मुटुरोगीहरूको संख्यामा पाँच गुणाले वृद्धि भएको छ। हाल नेपालमा १८ वर्षउमेरमाथिका करिब २० प्रतिशतलाई उच्च रक्तचाप, ३ प्रतिशतलाई कोरोनरी मुटुको रोग, १० प्रतिशतलाई मधुमेह छ। यस्तै स्कुल जाने उमेरका करिब ०।२ प्रतिशतलाई बाथमुटुको रोग र त्यत्ति नै अनुपातमा जन्मजात मुटुको रोग छ।

यस्तो अवस्थामा अब हरेक मध्यम उमेरका मानिसको मनमा आफ्नो मुटु कसरी सुरक्षित राख्ने भन्ने डर छ । के तपाईलाई थाहा छ मुटुलाई स्वस्थ राख्न खानपानले पनि महत्वपूर्ण भूमिका खेल्छ ।

आज हामी तपाईलाई केहि यस्ता सुपरफुडहरुको बारेमा बताउन गइरहेका छौं। जसलाई आफ्नो डाइटमा समावेश गरेर तपाई हृदयघातको जोखिमबाट बच्न सक्नुहुन्छ। साथै, खानपानले पनि मुटुलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ । केही यस्ता खानेकुराको बारेमा बताइरहेका छौँ, जसले मानिसमा हृदयाघातको जोखिमलाई कम गर्न मद्दत गर्छ।

लसुन: हाम्रो दैनिक खानामा प्रयोग हुने लसुन मुटुका लागि पनि निकै फाइदाजनक हुन्छ । किनभने यसमा स्वादका साथसाथै धेरै औषधीय गुणहरू पनि छन् । लसुन खाँदा कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा रहन्छ । यसले रक्तसञ्चारमा पनि सुधार गर्छ । पकाएको लसुनभन्दा ताजा काँचो लसुन प्रयोग गर्नु बढी फाइदाजनक रहेको अनुसन्धानले देखाएको छ ।

अन्न– ब्राउन राइस र मकै जस्ता सम्पूर्ण अन्नबाट बनेको खानेकुरा तपाईको मुटुको लागि धेरै राम्रो हुन सक्छ। यसको कारण यस प्रकारको अन्नमा कार्बोहाइड्रेटको साथमा ठूलो मात्रामा फाइबर हुन्छ। यी हृदय रोगको जोखिम कम गर्न जानिन्छ। ओटमिलमा एलडीएल कोलेस्ट्रोल र रक्तचाप नियन्त्रण गर्ने शक्ति हुन्छ।

बदाम – हरेक दिन बदाम खाँदा हृदय रोगको जोखिम कम हुन्छ। किनभने बदाममा अनस्याचुरेटेड फ्याट हुन्छ । साथै, यी बदामहरूले खराब कोलेस्ट्रोल घटाउँछ र राम्रो कोलेस्ट्रोल बढाउँछ। यति मात्र होइन, बदाममा ओमेगा–३ फ्याटी एसिड र एमिनो एसिड पाइन्छ जसले रक्तसञ्चारलाई ठीक राख्न मद्दत गर्छ । साथै काजु किस्मीस, ओखर पनि मुटुको लागि उत्तम मानिन्छ।

माछा– साल्मन, सार्डिन र म्याकरेल जस्ता बोसोयुक्त माछा पनि मुटुलाई स्वस्थ राख्नको लागि सबैभन्दा महत्त्वपूर्ण खाना मानिन्छ। यस प्रकारको फ्याटी माछामा ओमेगा–३ फ्याटी एसिड पाइन्छ। जसले मुटुको धड्कन अनियमित हुने जोखिमलाई कम गर्न मद्दत गर्छ। यसले मुटुको धमनीहरूमा प्लाकको निर्माणलाई कम गर्न पनि मद्दत गर्दछ।

दाल–जब मुटु स्वस्थ राख्ने कुरा आउँछ। हामी दाललाई बिर्सन सक्दैनौं। दालको सेवनले हृदयाघातको जोखिम कम गर्न निकै सहयोगी हुन्छ । तिनीहरू फोलेट, उच्च फाइबर र म्याग्नेसियममा भरपूर हुन्छन्। दालको सेवन मुटुको स्वास्थ्यका लागि सबैभन्दा फाइदाजनक मानिन्छ ।

हृदयघातबाट बच्ने उपाय
स्वस्थ भोजन– प्रशस्त फलफूल, हरियो सागसब्जी खानुहोस् साथै चिनी, नून र चिल्लो एकदम कम गर्नुहोस्।

नियमित शारिरिक कसरत –व्यायाम गर्नुहोस्। दैनिक रूपमा ३० मिनेट मात्रै भए पनि व्यायाम गर्नु मुटुको स्वस्थको लागि एकदमै राम्रो हो।

धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्नुहोस्– सूर्ति र तमाखु, सिगरेट (चुरोट), सिगार अथवा खैनी–सूर्ती स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ। यसको उपयोग नगर्नु नै रोकथामको लागि एकदम उत्तम तरिका हो। त्यसैगरी सेकेण्ड–ह्यान्ड धूम्रपान (अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु)को सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ।

मुटुका केही रोगहरू जस्तै उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कुनै लक्षणहरू नहुन पनि सक्छ। यी रोगहरू परीक्षण गरेपछि मात्र पत्ता लाग्छ। यसकारण मुटुरोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षणलाई धेरै महत्त्व दिइन्छ। मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटुरोगकै कारणबाट हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *