के ‘प्रदीपवाद’ सम्भव छ ?
काठमाडौं । नेपालका बौद्धिक वर्ग, पत्रकार, राजनीतिकर्मी र केही सामाजिक अभियन्ताहरु अहिले स्व. प्रदीप गिरिको जीवनीको समीक्षा गर्नमा व्यस्त देखिन्छन् । अझ उनका गाउँले, दौतरी र लामो समय संगै जीवन गुजारेकाहरुले समेत सोसल मिडिया, पत्रपत्रिका, अनलाइन मिडिया, जर्नलहरुमा सम्झनाका आधारमा विभिन्न सकारात्मक र नकारात्मक जानकारीहरु पस्किरहेका छन् ।
एक बर्षदेखि क्यान्सरले थला परेका गिरिको बारेमा शुरुदेखि नै साना ठूला समाचार, लेखहरु बने । सामाजिक सञ्जालमा शुरुमा सुस्वास्थ्यका लागि आरधाना गर्दा लेखिएका जानकारी होस वा पछि श्रद्धान्जलीका लागि लेखिएका जानकारीहरु हुन् सबैमा केही न केही नयाँ नयाँ सूचनाहरु प्रस्तुत भएका छन् ।
दस्तावेजहरुको संकलन र विश्लेषण गर्ने परम्परा, राजनीतिक, आर्थिक, धार्मिक, साहित्य, चलचित्र, नमोविज्ञानका बारेमा दिएका तर्कहरुको संगालो नै छ । सबैलाई केस्रा केस्रा विश्लेषण गरेर वा मन्थन गरेर एउटा नयाँ सिद्धान्तको तयारी गर्न सकिने आधारहरु प्रसस्त भेटिन सक्छन् । जसलाई हामीले ‘प्रदीपवाद’ नामाकरण गर्न सक्दछौ ।
स्वयं प्रदीप गिरिले दिएका भाषण, अन्तर्वार्ताहरु, पत्रपत्रिकाका लेख र चुनावी प्रचार अभियानका सन्दर्भहरुलाई अन्तरघुलन गरेर वा प्रशोधन गरेर त्यसभित्रबाट निकालिने निष्कर्षले एउटा वादको रुप लिन सक्दछ । जन्मदेखि देहवसानसम्मको ७५ बर्षको अवधिमा विद्यालय क्याम्पसको पढ्ने पद्धतीका जानकारीहरु छन् ।
दस्तावेजहरुको संकलन र विश्लेषण गर्ने परम्परा, राजनीतिक, आर्थिक, धार्मिक, साहित्य, चलचित्र, नमोविज्ञानका बारेमा दिएका तर्कहरुको संगालो नै छ । सबैलाई केस्रा केस्रा विश्लेषण गरेर वा मन्थन गरेर एउटा नयाँ सिद्धान्तको तयारी गर्न सकिने आधारहरु प्रसस्त भेटिन सक्छन् । जसलाई हामीले ‘प्रदीपवाद’ नामाकरण गर्न सक्दछौ ।
हो, कुनै मानिस पूर्ण हुन सक्दैनन् । गान्धी, लोहिया, जयप्रकाश, जवाहरलाल, बीपी, कृष्णप्रसाद कोही पनि पूर्ण थिएनन् । अझ त्यसभन्दा माथि माक्र्स, लेलिन, माओ, देन स्याओपिङ कोही पूर्ण थिएनन् । त्योभन्दा माथी जाने हो भने सिताराम, राधाकृष्ण पनि पूर्ण हुन सकेनन् । मात्र प्रदीप गिरिमा पूर्णताको आशा पनि नगरौं । तर जे जति उनको जीवनको निचोडहरु छ त्यसलाई अनुसन्धानका विभिन्न विधिहरुको प्रयोगबाट नयाँ कुरा निकाल्न सकिन्छ ।
यसका लागि सैद्धान्तिक पाटोबाट बहस गर्ने केही अनुसन्धानकर्ताहरुको सहयोगको आवश्यकता पर्दछ । स्वयं प्रदीप गिरिले लेखकसंग आश्रममा बसेर स्थानीय कुनै गाउँलाई आधार मानेर गाउँका भूईंमान्छेहरुको दैनिकी अवलोकन गर्ने, उनीहरुको बर्षदिनको गतिविधिहरु बुझ्ने काम गर्नु पर्दछ भन्ने गर्नु भएको थियो ।
त्यस गाउँको शिक्षा, स्वास्थ्य, रोजगार, खेती किसानी, मजदुरी, भूमिको उपयोग, खेती प्रणाली, सिंचाई, बीऊ, मल, उत्पादन, बजार, पशुपालनको अवस्था हुन सक्छन् । बजार र गाउँको सम्बन्ध, सीप, अवसर, चाहनाहरुलाई एउटै ढोकामा हालेर त्यसबाट समुदाय सञ्चालनको प्रक्रिया बुझ्नु पर्ने उहाँको तर्क थियो ।
समग्र समाजलाई क्रियाशिल बनाएर कर्म, धर्म, मर्म, सर्म र नर्म कसरी संगसंगै लानसक्ने गरी सक्षम बनाउने चिन्ता उहाँमा थियो । एउटा मानव सुखि र खुसी दुबै एकै साथ कसरी हुन सक्छन् भन्नेकुरा खोज्ने मन थियो ।
गिरिसंगको संगतमा गाउँघर घुम्दा परम्परागत सीपहरु लोप भइरहेको, मानिस सहरमूखी भएको, गाउँ रानो हराएको मौरीको समुहजस्तै हुँदै गएकोमा गिरिलाई चिन्ता थियो । अर्थमन्त्रीहरुले प्रस्तुत गर्ने बजेट होस या गाउँ वा नगरपालिकाले प्रस्तुत गर्ने योजना छनौटको प्रक्रियामा समेत उहाँलाई चित्त बुझेको थिएन ।
आफ्नै संसदीय कोषबाट भगवानपुरको बसपार्क बनाउन बजेट विनियोजन गर्दा पनि उपभोक्ता समितिमा को बस्ने भन्ने होडले काम नभई रकम फ्रिज भएको आफैले अनुभव गर्नु भएको थियो । गिरिले दिएको बजेट वा कांग्रेसको तर्फबाट आएको बजेट भनेपछि एमालेका स्थानीय नेताहरुले काम हुन नदिन गरेको अवरोधका बारेमा उहाँ अवगत हुनुहुन्थ्यो ।
आश्रममा कुनै सरकारी निकायबाट अनुगमन र मूल्याङकन गर्ने गरी बनाइएका योजनाहरुमा प्राविधिक कर्मचारीहरुले चाहना गर्ने कमिशनबारेमा समेत उहाँ अवगत हुनुहुन्थ्यो ।
कामको ढिला सुस्तीले माथिबाट फोन गराउँदा कर्मचारीतन्त्र समेत खुसी भएर काम गर्ने प्रचलनबारेमा समेत गिरि अवगत हुनुहुन्थ्यो । कुनै कर्मचारी आफैले गर्नुपर्ने कर्तव्य भएपनि उनीहरु माथिल्लो तहबाट वा भविष्यमा कामलाग्ने नेताहरुबाट भन्न लगाएर तपाईको काम मैले गरिदिए भनेर त्यसबापत आफ्मा कुनै समय आइपर्ने संकटबाट छुटकारा पाउन सहयोगको आशा गरेको सुईको समेत गिरिले धेरै पाउनु भएको थियो ।
गिरिले सिरहा क्षेत्र नं ४ मा बिजुलीको पोल, तार लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भन्न लगाउँदा समेत दुईबर्षसम्म काम नभएको सन्दर्भ जहिले पनि उठाउनु हुन्थ्यो ।
काम गर्ने प्रक्रियाको जालो हटाउन के गर्ने ? राजनीतिक पार्टीहरु भित्रको डनप्रबृत्तिको हावीलाई भेदन गर्ने बाणको खोजि गर्न सकिन्छ सकिन्न ? ठेक्कापट्टा र आर्थिक उपार्जन हुने स्थानहरुमा राजनीतिक शक्तिको आँखा कसरी परिरहेको हुन्छ र त्यसलाई के कस्ता कर्तुत गरेर केही ठालूहरुको हीतमा परिमार्जित गरिन्छ भन्ने समेत गिरिलाई थाहा थियो ।
ठेक्कापट्टा र आर्थिक उपार्जन हुने स्थानहरुमा राजनीतिक शक्तिको आँखा कसरी परिरहेको हुन्छ र त्यसलाई के कस्ता कर्तुत गरेर केही ठालूहरुको हीतमा परिमार्जित गरिन्छ भन्ने समेत गिरिलाई थाहा थियो ।
सीपयुक्त शिक्षा पढ्ने, स्वास्थ्य उपचार घरदैलोमै गर्ने, प्रत्येक व्यक्तिलाई आत्मनिर्भर हुनसक्ने गरि लामो अवधिको सीपसम्बन्धी तालिम दिएर उत्पादन गर्ने अवसर सृजना गर्न केही ह्याण्डसेक मनि समेत उपलब्ध गराउने प्रक्रियाको थालनी गर्नु पर्ने र गरिरहेका त्यस्ता थालनीलाई भुईमान्छेसंग पुग्न नदिनेगरी कार्यविधिहरु ज्टिल बनाउने, प्रस्तावना लेख्न नजान्ने किसानलाई लेख्न बाध्य बनाउँदा कामहरु झण्झटिलो भएर असली किसानहरुले अवसर नपाएका र अनुदान आउने भएपछि नयाँ नयाँ किसान खडा भई ती अवसरहरु कुम्ल्याउने गरेको बारेमा समेत गिरिलाई थाहा थियो ।
त्यसैले गिरि एउटा व्यक्ति, उसको परिवार, समुदाय, गाउँ र नगरका विभिन्न भौगोलिक निकायहरु, जिल्ला, प्रदेश र सिंगो देशलाई सरकार र नागरिकबीचको अन्तरसम्बन्ध स्थापित गर्ने कसरी भन्ने कुरामा उहाँ चिन्तित हुनुहुन्थ्यो ।
निर्वाचनमा फजुल खर्च गर्न विभिन्न पेशाकर्मीहरुसंग लिइने चन्दाले कालन्तरमा विजयी नेताहरुलाई चन्दा दिनेहरुको हीतमा काम गर्न बाध्य हुँदा सर्वसाधारण ठगिन पुगेको अनुभुति समेत गिरिलाई थियो ।
किसानले मिहिनेत अनुसारको उत्पादन पाउन नसकेको र भएको उत्पादनको बजारीकरण समेत गुणस्तरीय नभएर बिचौलियाहरुको चंगुलले फसेकाले तरकारी खेती, फलफुल खेती, पशुपालन र अन्य अन्नबालीहरु उत्पादन गर्दासमेत जहिले पनि खर्च नउठी बैंकले विस्तारै कम्पनी, व्यवसाय र घर घडेरी नै लिलाम गिरिरहेको सन्दर्भका बारेमा समेत गिरिलाई जानकारी थियो ।
देशभित्र के भइरहेको छ र अब के गर्नुपर्दछ भन्ने उहाँलाई जानकारी हुँदाहुँदै पनि लेखपढमै बढी व्यस्तता थियो । जनसम्पर्क कम थियो । जसले गर्दा कुनै दिन देश सुहाउँदो समाजवादको सिद्धान्त बनाएर व्यवहारमा लागुगर्न पाउनु भएन ।
हुनत उहाँ जन्मेको बस्तीपुर गाउँमा आश्रम खोलेर समाजवादका लागि केही महत्वपूर्ण कामहरु गर्नु भएको थियो । स्थानीय विद्यार्थीहरुलाई कम्यूटर शिक्षा, ट्यूशन शिक्षा दिने कामलाई निरन्तरता दिइरहनु भएको छ । तर समाजवादका बारेमा एउटा सिद्धान्त नै तयार पर्ने कुरामा भने उहाँले चहाना राखेपनि त्यसका लागि चाहिने व्याकअपहरुको अभाव थियो ।
उहाँकै पुस्तक, लेख, भाषण, अन्तर्वार्ता र जीवनपद्दतीका आधारमा एउटा नयाँ बाद बनाऔं । समग्र समाजको अधिकतम हीतका लागि सामुहिक रुपमा मिलेर गर्ने कामहरुको फेरहिस्त नै समग्रमा समाजवाद हो ।
अर्थात समाजको हीतमा हुने काम समाजवाद हो । पहाडी भेग, हिमाली भेग, उपत्यका, मधेस र कर्णालीका विविध ढाँचामा समाजवादको खाका कोरौं । तपाईहरुसंग प्रदीप गिरिका बारेमा त्यस्ता कुनै जानकारी छ जसले उहाँको जीवनलाई पूर्णता दिन सहयोग गर्दछ भने सार्वजनिक गरिदिनुस । हामी सबै संकलन गरेर नेपाल सुहाउँदो प्रदीपवाद बनाउन चाहन्छौं ।
जय प्रदीपवाद ।
Facebook Comment