ल्हाक्याप भीरमा ‘फलामे गोरेटो’ (फोटोफिचर)

माथि टोपी खस्ने अक्करे भीर । तल सलल… बगिरहेको ब्रम्हायणी नदी । भित्तामा समातेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता । भीरको बाटो हुँदै गरिने यात्राका क्रममा तलतिर होस् वा माथितिर हेर्दा आङनै जिरिङ्ङ्गै हुनेगर्छ । सिन्धुपाल्चोकको निकै बिकट भनेर चिनिने जुगल गाउँपालिकाको तेम्बाथान, दिपुलगायतका गाउँमा जान यो अक्करे भीरविना सम्भव छैन ।
त्यसैले सम्भावित दुर्घटना रोक्न गाउँपालिकाले भीरमा फलामे बार लगाएको छ । तर, जोखिम उस्तै छ । पहाडै पहाडको बीचमा चिटिक्क परेको फलामे गारेटो देख्दा निकै सुन्दर पनि छ । यही बाटो कसैका लागि रमाईलो छ भने कसैको बाध्यता हो। थोरै होस गुमाए सिँधै ब्रम्हायणी नदिमा। यो हो जुगल गाउँपालिका(३ मा रहेको ल्हाक्याप भीर ।
तस्बिरः सम्झना कार्की\न्युज कारखाना
प्रतिक्रिया
Facebook Comment