केन्याले नेपाललाई दियो १३१ रनको लक्ष्य

डिसी नेपाल
९ भदौ २०७९ १७:५६

काठमाडौं ।  घरेलु टोली केन्याले टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई १३१ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले नेपाललाई १३१ रनको लक्ष्य दिएको हो ।

केन्याले २० ओभरमा ८ विकेटको क्षतिमा १३० रन जोड्दै नेपाललाई १३१ रनको लक्ष्य दिएको हो । केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रनको योगदान गरे, लुकास ओउचले ३० रन जोड्दा नेल्सन ओडिम्बेले १९ र सचिन बुढाइले १७ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट हात पारे । आदिल अन्सारी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।

पाँच खेलको टी–ट्वान्टी सिरिजको  दोस्रो खेल भदौ १० गते हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *