आज नेपाल र केन्याको दोस्रो खेल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार घरेलु टोली केन्यासँग दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेल्दैछ।खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ । आज नेपाल घरेलु टोली केन्यासँग लगातार दोस्रो जित निकाल्ने दाउमा रहेको छ।
केन्या भने नेपालविरुद्ध पहिलो जितको खोजीमा रहेको छ।बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।पाँच खेलको सिरिजमा नेपाल १-० ले अघि रहेको छ ।
प्रतिक्रिया
Facebook Comment