अष्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यतामा नेपालको यौन\घरेलु हिंसा पीडितको सहयोगार्थ मेलबर्नमा तीज कार्यक्रम
मेलबर्न । बिगत ६ बर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट संकलित रकम नेपालको मध्य-पश्चिम क्षेत्रका यौन\घरेलु हिंसामा परेका महिलाहरुको सहयोगार्थ पठाउने गरी कार्यक्रम गर्दै आएको दिदी-बहिनी समाज भिक्टोरियाले करीब ७ सय जनाको उपस्थितिमा शिक्षा तथा महिला मन्त्री नातालिय हटचिन्सको प्रमुख आतिथ्यतामा भब्यताका साथ तीज कार्यक्रम सम्पन्न गरेको छ ।
दिदी-बहिनी समाज भिक्टोरियाले अहिलेसम्म १६ हजार डलर पठाइ ११० जनालाई सहयोग गरिसकेको छ ।
दिदी-बहिनी समाज भिक्टोरियाले प्रदान गर्ने आर्थिक सहयोग छोटो समयको बसाइ, आवश्यक औषधोपचार, कानूनी सुझाव, काउन्सिलिङ, पारिवारिक र सामाजिक मध्यस्तता प्रकृया र तालिमको लागि प्रयोग गरिन्छ । यो सहयोगका कारण महिलाहरुको बिग्रदो स्वास्थ्य र जीवनलाई उनीहरुको आत्मविस्वास र क्षमता अभिवृद्धि मार्फत सामान्यिकरण गर्न सहयोग पुर्याएको छ र यस्को लागि त्यस क्षेत्रमा कृयाशिल ‘आवाज’ संस्थासँग सहकार्य गर्दै आइरहेको छ ।
सांसद कौशल्या भागेला, मोरल्यान्ड सिटी काउन्सिलका मेयर मार्क रिले, एनआरएन भिक्टोरियाका संयोजक हरी खड्काद्धारा समेत मन्तब्य व्यक्त गरिएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष डा जमुना पराजुलीद्धारा स्वागत मन्तब्य व्यक्त गरिएको थियो ।
कार्यक्रममा सहभागी हुन धेरै टाँढा टाँढाबाट समेत सोचिएभन्दा अत्यन्तै धेरैको आगमन भए तापनि सुरक्षाका कारण सुरक्षाकर्मीहरुद्धारा सबैलाई कार्यक्रम हलमा प्रबेश गर्न नदिएकोले कार्यक्रममा सहभागी हुन नपाई फर्कन परेकोले आयोजकले आगन्तुक र शुभेच्छुकको असुबिधाका लागि क्षमा याचना गर्दै सूचना समेत जारी गरेको छ ।
संस्थाकी उपाध्यक्ष प्रभा देवी श्रेष्ठको संयोजनकारी र अन्जु अधिकारी र गीता नायक क्षेत्रीको सह-संयोजनकारी भूमिका रहेको र अन्जु, जुलिय, कमला र सपनाद्धारा उदघोषित उक्त कार्यक्रममा दिदी-बहिनी समाज ब्रिमब्यांक, वेष्ट, आइन्ट्री, इस्ट, बेन्डिगो, लालोर, एपिङ, थोमसटाउन, जिलोङ, ग्लेनरोइ, क्रेगिबर्न, मरान्डा युनिटहरुले समूहगत रुपमा छुट्टाछुट्टै तीज नाच प्रदर्शन गरेका थिए ।
Facebook Comment