केन्यासँग ७ रनले हार्‍यो नेपाल, शृंखला २-२ को बराबरीमा

डिसी नेपाल
१३ भदौ २०७९ १९:३६

काठमाडौं । केन्या विरुद्धको चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ७ रनले पराजित भएको छ । जितमा लागि सामान्य १०२ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा नौ विकेटको क्षतिमा ९४ रनमा समेटियो ।

कमजोर ब्याटिङ गरेको नेपालका लागि रोहित पौडेलले ४७ रन जोडे भने अरु ब्याट्सम्यानले दोहोरो अंकको रन समेत बनाउन सकेनन् । केन्याका रकिप पटेलले तीन विकेट लिए । भिराज पटेल, शेम एन्गोचे र एलिज्ह ओटिनोले दुई दुई विकेट लिए ।

यसअघि नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १०१ रन बनाएको थियो ।

केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए । कोलिन्स अबुयाले २० र कप्तान शेम एन्गोचेले १३ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेका थिएनन् ।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले पाँच ५ विकेट लिए । आदिल अन्सारीले दुई तथा साहब आलम र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए। नेपालको यस हारसँगै पाँच खेलको सिरिज २–२ को बराबरी भएको छ । नेपाल यसअघि पहिलो खेलमा पाँच विकेट र तेस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।

तेस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । अब टी–२० सिरिजको अन्तिम तथा निर्णायक खेल मंगलबार हुनेछ । त्यसपछि दुई टोलीबीच भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज हुनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *