एसिया कपमा अफगानिस्तानको अद्भूत यात्रा जारी, समूह चरणका सबै खेल जितेर सुपर ४ मा पुग्यो

डिसी नेपाल
१५ भदौ २०७९ १०:४२

काठमाडौं । पहिले श्रीलंका र अब बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान एसिया कपको अन्तिम चारमा प्रवेश गरेको छ । मंगलबार शारजाहमा भएको प्रतियोगिताको तेस्रो खेलमा अफगानिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।

समूह बीको यस खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । बंगलादेशले ७ विकेट गुमाएर १२७ रन बनाएको थियो ।

तर, टोलीको सुरुवात राम्रो हुन सकेन र ७ रनमै पहिलो विकेट गुमायो भने ५३ रनमा ५ विकेट गुमायो । बंगलादेशका लागि मोसाद्देक हुसेनले सर्वाधिक ४८ रन बनाए ।

अफगानिस्तानका मुजिबुर रहमानले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । स्टार स्पिनर राशिद खानले पनि बंगलादेशका तीन ब्याट्सम्यानलाई आउट गरेका छन् ।

१२८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानको टोलीको सुरुवात पनि राम्रो भएन र १५ रनको स्कोरमा पहिलो विकेट खसेको थियो । तर ६२ रनमा तीन विकेट गुमाएपछि इब्राहिम जद्रान र नजिबुल्लाह जाद्रानले टोलीलाई सम्हाले ।

इब्राहिमले ४१ बलमा ४२ रनको योगदान दिए भने नजिबुल्लाहले १७ बलमा ४३ रन बनाए । नजिबुल्लाह यस खेलको उत्कृष्ट खेलाडी घोषित भए ।

१९ औं ओभरको तेस्रो बलमा नजिबुल्लाहले छक्का प्रहार गर्दै अफगानिस्तानलाई सुपर फोरमा पुर्याए ।

एसिया कपको पहिलो खेलमा शनिबार श्रीलंकालाई ८ विकेटले पराजित गर्दै अफगानिस्तानले धमाकेदार सुरुवात गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *