खोपासीमा क्यान्सर परीक्षण शिविर
काभ्रे। क्यान्सर चेतन, उपचारसहित समाजसेवाको क्षेत्रमा निरन्तर सक्रिय रहेको सामाजिक संस्था राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेसन, वानेश्वरले यस पटक काभ्रेपलाञ्चोकको खोपासीमा निःशुल्क क्यान्सर स्कृनिङ शिविरको आयोजना गरेको छ।
शनिबार पनौती नगरपालिका वडा नम्बर १०को खोपासी क्षेत्रमा डा. एटना खतिवडाको नेतृत्वमा रहेको चिकित्सकहरूको समूहले करिब १ सय ५० जना महिलाहरूको स्वास्थ्य परीक्षण गर्दै पाठेघर तथा स्तन क्यान्सरको स्कृनिङ टेस्ट गरेको छ।
स्वास्थ्य उपचारका क्रममा कतिपय बिरामीहरूलाई निःशुल्क औषधि पनि वितरण गरियो। क्यान्सर फाउण्डसनले भक्तपुर क्यान्सर अस्पतालसँगको सहकार्यमा यस वर्ष देशभर १४ वटा स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम गर्ने जनाएको छ ।
खोपासीमा आयोजित कार्यक्रममा पनौती नगरपालिका वडा. नं. १०का वडा अध्यक्ष मोहनबहादुर भण्डारीले सम्पन्न स्वास्थ्य शिविर महत्वपूर्ण भएको बताए ।
फाउण्डेसनका अध्यक्ष जनार्दन आचार्यले कार्यक्रम आयोजनाको कारणमाथि प्रकाश पार्दै आफूहरू सेवाभावकासाथ अगाडि बढेको उल्लेख गरे । खोपासीमा आयोजित स्वास्थ शिविरको कार्यक्रमको संयोजन स्थानीय विष्णुबहादुर सिलवालले गरेका थिए।
Facebook Comment