कपाल झर्ने समस्याले हैरान हुनुहुन्छ ? लगाउनुहोस् मेथीको ‘हेयर मास्क’
काठमाडौं । आजकालको दौडभूपले भरिएको हाम्रो जिवनमा कपाल झर्ने समस्याले सबैलाई सताएको हुन्छ । सानै उमेरमा कपाल झर्नुका कारण मानिसको आत्मविश्वासमा ह्रास आउन थाल्छ। कपालको झर्ने समस्या दुर गर्नका निम्ती धेरै उपायहरु पनि अपनाउनु भयो हो । धेरै प्रकारका हेयर प्रोडक्टहरुको प्रयोग पनि गर्नु भयो होला । तर अक्सर यसले कपाल झर्न कम गर्न होइन अझ बढाउँने गर्दछ । त्यसैले हामीले तपाईका लागि यो उत्तम घरेलु उपायका बारेमा बताउँदैछौं। जसले कपाल झर्ने समस्यालाई रोक्ने काम गर्दछ ।
मेथी कपालको लागि रामवाण औषधी हो । यसमा भिटामिन सी, प्रोटिन र आइरन पाइन्छ। जसले कपाललाई बलियो र बाक्लो बनाउँछ। कपालमा मेथीको मास्क हप्तामा २ दिन लगाउनाले कपाल झर्ने समस्या कम हुन्छ । मेथीको हेयर मास्कले डन्ड्रफ र कपाल फुल्ने समस्याबाट पनि जोगाउँछ।
यसरी बनाउनुहोस् हेयर मास्क:
यस हेयर मास्कको लागि २ चम्चा मेथीको दाना र २ अण्डा लिनुहोस्। मेथीको दानालाई रातभर भिजाएर बिहान पिसेर पेस्ट बनाउनुहोस्। अब यसलाई अण्डासँग मिलाउनुहोस्। अब मेथीको हेयर मास्क तयार भयो।
मेथीको हेयर मास्क यसरी लगाउनुहोस्:
मेथीको हेयर मास्कलाई राम्ररी लगाइयो भने मात्रै तपाईंले लाभ पाउनुहुनेछ। यसका लागि सबैभन्दा पहिले आफ्नो कपाल राम्ररी सफा गर्नुहोस्। त्यसपछि हेयर मास्कलाई कपालमा लगाउनुहोस् र लगभग ३० मिनेटको लागि छोड्नुहोस्। अन्तमा सफा पानीले कपाल धुनुहोस्। केही दिनको लागि हप्तामा दुई पटक मास्क लगाउनुहोस् । यसो गर्नाले कपाल बलियो हुन्छ र कपाल झर्न पनि कम हुन्छ ।
साथै मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।
यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुहोस् र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँक समस्या तत्काल समाधान हुन्छ ।
Facebook Comment