सुरेश रैनाले क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिए, अब विदेशी टि-२० लिग खेल्न पाउने

डिसी नेपाल
२१ भदौ २०७९ १३:५६

काठमाडौं । भारतका पूर्व क्रिकेटर सुरेश रैनाले सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । अर्थात् अहिले सुरेश रैनाले क्रिकेटबाट पूर्ण सन्यास लिएका छन् । जसका कारण उनी विदेशमा आयोजना हुने टी–२० लिग खेल्न योग्य भएका छन् । रैना आफैले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै यो जानकारी दिएका छन् ।

यसअघि सुरेश रैनाले १५ अगस्ट २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । तर उनले उत्तर प्रदेशका लागि घरेलु क्रिकेट खेलिरहे । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) पनि खेलेका थिए । तर, गत आईपीएल २०२२ सिजनमा रैनालाई कुनै पनि फ्रेन्चाइजले किनेको थिएन।

३५ वर्षीय सुरेश रैनाले ट्विटमा लेखेका छन्, ‘देश र उत्तर प्रदेशका लागि क्रिकेट खेल्न पाउनु मेरो लागि गौरवको कुरा हो । अब म सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गर्छु। म बीसीसीआई, युपी क्रिकेट संघ, आइपीएल टीम सीएसके र राजीव शुक्लालाई धन्यवाद। मलाई साथ दिनुहुने मेरा फ्यानहरूलाई पनि धन्यवाद।’

रिपोर्टमा सुरेश रैना अब विदेशी लिगमा पनि खेल्न सक्ने बताइएको छ । उनले युपी क्रिकेट एसोसिएसनबाट एनओसी लिएका छन् । यसअघि भारतीय पूर्व क्रिकेटर युवराज सिंहले पनि विदेशी लिग खेलिसकेका छन् । सुरेश रैना यसै वर्ष हुन लागेको रोड सेफ्टी वर्ल्ड सिरिजमा पनि खेल्न सक्ने बताइएको छ ।

सुरेश रैना पछिल्लो एक सातादेखि गाजियाबादस्थित आरपीएल क्रिकेट रंगशालामा अभ्यास गरिरहेका छन् । उनी रोड सेफ्टी वर्ल्ड सिरिजको तयारीमा व्यस्त छन् । यो सिरिज यही वर्ष सेप्टेम्बर १० बाट सुरु हुँदैछ । यद्यपि रैना अभ्यासका क्रममा धेरै पटक आईपीएल टोली चेन्नई सुपर किंग्सको जर्सीमा पनि देखिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *