अण्डा उमालेको पानी फाल्नुअघि जान्नुहोस् यसका फाइदाहरु
काठमाडौं । तपाईले अण्डा खानुका धेरै फाइदाहरु सुन्नु भएको होला तर के तपाईलाई थाहा छ अण्डा मात्र नभई त्यसलाई उमाल्ने पानी पनि निकै फाइदाजनक हुन्छ । सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो । अण्डा मात्र नभई यसको बोक्रा र त्यसलाई उमालेर प्रयोग गरिने पानीको प्रयोग गरेर आफ्नो धेरै समस्यालाई हटाउन सकिन्छ ।
उमालेको अण्डाको पानीको फाइदा:
पोषक तत्व– अण्डाको खोलमा पर्याप्त मात्रामा क्याल्सियम, पोटासियम र थोरै मात्रामा फस्फोरस, म्याग्नेसियम र सोडियम पाइन्छ। यस्तो अवस्थामा अण्डा उमाल्दा यी तत्व पानीमा मिसिन्छन् । यी सबै तत्व बिरुवाहरुका लागि धेरै लाभदायक हुन्छ । बिरुवाहरुलाई आफ्नो कोशिकाहरुको विकासका लागि यी सबै तत्वहरुको आवश्यकता पर्दछ ।
मलको काम– उमालेको अण्डाको पानी वा अण्डाको खोलले बिरुवाका लागि मलको रूपमा काम गर्छ। हालै गरिएको एक अध्ययनमा यो पुष्टि भएको छ । यो अध्ययन ह्यामिल्टनको मास्टर्स गार्डनरद्वारा जारी गरिएको थियो। यस अध्ययनको रिपोर्टअनुसार अण्डा उमाल्ने पानीमा केही पोषक तत्व आउँछन्, जसले बिरुवाका लागि मलको रूपमा काम गर्छ।
टमाटर बिरुवाहरुका लागि लाभदायक– अण्डाको उमालेको पानी यस्ता बिरुवाहरूका लागि धेरै लाभदायक हुन्छ। जुन प्रायः घामको कमीले बिग्रन्छ। यो पानी टमाटर र खुर्सानी बिरुवाहरुका लागि विशेष गरी उपयोगी हुने गर्दछ ।
Facebook Comment