महिला साफ च्याम्पियनसीप फुटबलः पहिलो हाफमा नेपाललाई अग्रता

डिसी नेपाल
२१ भदौ २०७९ १८:४५

काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलपअन्तर्गत जारी भुटानविरुद्धको खेलमा नेपालले अग्रता लिएको छ । पहिलो हाफमा नेपाल १–० गोलको स्थितिमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी उद्घाटन खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी हुन् । उनले खेलको १२औँ मिनेटमा अमिषा कार्कीको पासमा गोल गरेकी हुन् । वर्षाका कारण खेल केही समय प्रभावित बनेको थियो ।

साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन् । सहभागी सातवटै राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा नेपालसहित श्रीलङ्का र भुटान छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *