च्याम्पियन्स लिगः पिएसजीले युभेन्ट्सलाई हरायो, चेल्सी स्तब्ध
काठमाडौं। युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युभेन्ट्सलाई २-१ अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
समूह एचको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुबै गोल गरे। युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काए। यस जितसँगै पीएसजीले पहिलो खेलबाट ३ अंक जोडेको छ। समूह एचकै अर्को खेलमा बेन्फिकाले मक्काबी हाइफालाई २-० ले पराजित गर्याे।
यता, समूह ‘ई’ मा इंग्लिस क्लब चेल्सी पहिलो खेलमै स्तब्ध भएको छ। चेल्सी क्रोएसिया क्लब डिनामो जाग्रेबसँग १-० ले पराजित भयो। जाग्रेबको जितमा मिस्लाभ ओरिसिचले १३औं मिनेटमा निर्णायक गोल गरेका थिए । समूह ई कै खेलमा एसि मिलान साल्जबर्गसंग ११ गोलको बराबरीमा रोकियो।
प्रतिक्रिया
Facebook Comment