एसिया कप क्रिकेट: श्रीलंकासँग भारत पराजित

डिसी नेपाल
२२ भदौ २०७९ ८:४५

काठमाडौं। युएईमा जारी टी-२० एसिया कप सुपर फोरमा श्रीलंकाले भारतमाथि ६ विकेटको रोमान्चक जित निकालेको छ। लगातार दोस्रो जितसंगै श्रीलंकाको फाइनल समीकरण सहज बनेको छ। लगातार दोस्रो हार बेहोरेको भारतको सम्भावना झिनो बनेको छ। भारत सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पाच विकेटले पराजित भएको थियो।

१ सय ७४ रनको विजयी लक्ष्य पाएको श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाएर विजयी भयो। श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिसले सर्वाधिक ५७ रन बनाए । भारतका स्पिनर युजभेन्द्र चहलले ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो। भारतका कप्तान रोहित शर्माले सर्वाधिक ७२ रनमा आउट भए । सूर्यकुमार यादवले ३४ रनको योगदान गरे। श्रीलंकका बलर दिलशान मदुशनकाले ३ विकेट लिए।

अब, भारतले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ । बुधबार अफगानिस्तान र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *