सन्दिपले भने- म निर्दाेष छु, उचित छानवीन हाेस्
काठमाडौं। बालिका करणी गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान आफू निर्दोष भएको र नेपाल चाँडै फर्कने बताएका छन्। सामाजिक सन्जालमा लेख्दै सन्दीपले आफू स्तब्ध भएको र केही दिनमा सिपिएल छोडेर स्वदेश फर्कने बताए।
“म स्तब्ध छु र राख्छु, नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सिपिएल छाडेर केही दिनमै नेपाल फर्कँदै छु। म यो आधारहीन आरोपको सामना गर्न तयार छु । आशा छ कि कानुनले सबैलाई बराबर न्याय दिनेछ” सन्दीपले लेखेका छन्।
गत भदौ ५ गते सन्दीपले १७ वर्षे किशोरी करणी गरेको नेपाल पुलिसमा उजुरी परेको थियो। यसपछी अदालतले बिहिवार मात्रै उनलाई पक्राउ पूर्जी आदेश दिएको छ । यता, बिहिवार नै नेपाल क्रिकेट संघ क्यालले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ।
पोस्टमा उनले आफू निर्दोष भएको दावी गरेका छन् । उनले आफूलाई नेपालको कानुनमाथि पूर्ण विश्वास रहेको पनि बताएका छन् । उनले आफूमाथि लागेका आरोपलाई ‘आधारहीन’ भनेका छन् । उनले यी आधारहीन आरोपहरु सामना गर्न तयार रहेको बताउँदै कानुनले सबैलाई समान व्यवहार गर्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।
Facebook Comment