सडकमा राखिएका सामग्री हटाउन बुटवल उपमहानगरको आग्रह

रुपन्देही । बुटवल उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र रहेका सबै सामग्री हटाउन आग्रह गरेको छ ।
उपमहानगरपालिकाले आज सूचना जारी गरेर सडकको क्षेत्राधिकार, सडक पेटी चोक, चौराहमा अव्यवस्थितरुपमा रहेका ठेला, टङ्की, बजार, निर्माण सामग्री, सवारी पार्किङ, वर्कशपलगायतका सामान हटाउन आग्रह गरेको हो ।
बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर र बस्न योग्य बुटवल सहर बनाउनका लागि गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकसमेतमा रहेका सामग्री तीन दिनभित्रै हटाउन कार्यालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया
Facebook Comment