भारतीय क्रिकेटर गौतम गम्भीरले एसिया कपको फाइनलमा श्रीलंकाको झण्डा फहराएपछि…
काठमाडौं । श्रीलंका एसिया कप २०२२ को नयाँ च्याम्पियन बनेको छ । दुबईको मैदानमा भएको फाइनल खेलमा कप्तान दासुन शनाकाको टोलीले पाकिस्तानलाई २३ रनले पराजित गरेको हो ।
पाकिस्तानलाई १ सय ७१ रनको लक्ष्य थियो, जसको जवाफमा उसले १४७ रन मात्रै बनाउन सक्यो र श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जित्यो।
खेलपछि सामाजिक सञ्जालमा दुवै देशबाट विभिन्न किसिमका प्रतिक्रिया आइरहेका छन् । तर यी सबैको बीचमा भारतीय पूर्व क्रिकेटर गौतम गंभीरको एउटा भिडियो सामाजिक सञ्जालमा निकै शेयर भइरहेको छ ।
वास्तवमा, खेलपछि भारतका पूर्व क्रिकेटर गौतम गम्भीरले मैदानमा श्रीलंकाको झण्डा फहराएका थिए ।
Superstar team…Truly deserving!! #CongratsSriLanka pic.twitter.com/mVshOmhzhe
— Gautam Gambhir (@GautamGambhir) September 11, 2022
अहिले गौतम गम्भीरको यो स्टाइललाई लिएर मानिसहरुले राय दिइरहेका छन् । एकातिर खेल भावना देखाएकोमा उनको तारिफ भइरहेको छ भने अर्कोतिर म्याचको विजेता श्रीलंकाको सट्टा पाकिस्तान भएको भए गम्भीरले के गर्थे भन्ने प्रश्न पनि उठिरहेको छ ।
श्रीलंकाको उपाधि जितपछि भारतका पूर्व ओपनर गौतम गम्भीरले मैदानमा श्रीलंकाका फ्यानहरूसामु उनीहरूको देशको झण्डा फहराए ।
गम्भीरले पनि यो भिडियो सेयर गरेका छन् । भिडियोमा उनले झण्डा फहराउनेबित्तिकै फ्यानहरूको भीड उत्साहका साथ ताली बजाउन थाल्छ।
गम्भीरले यो भिडियोसँग लेखे, “सुपरस्टार टोली… वास्तविक जितको हकदार छ। बधाई छ श्रीलंका।”
तर ट्वीटरमा केही व्यक्तिले भने प्रतियोगिता सुरु हुनुअघि गौतम गम्भीरले श्रीलंकालाई लिएर असहज टिप्पणी गरेको दाबी गरिरहेका छन् ।
गौतम गम्भीरले प्रतियोगिताअघि ‘श्रीलंकाले पाँच पटक एसिया कपको उपाधि जितेको छ, यो थाहा पाउँदा अचम्म लागेको’ बताएका थिए ।
श्रीलंकाका पत्रकार आजम अमीनले लेखेका छन्, “कमेन्ट्रीका क्रममा गरिएका केही टिप्पणीहरूको प्रशंसकहरूले आलोचना गरेपछि पूर्व भारतीय क्रिकेटर गौतम गम्भीरले श्रीलंकाको जित मनाउन झण्डा फहराए।”
एक श्रीलंकाली प्रयोगकर्ताले गौतम गम्भीरको भिडियोलाई उद्धृत गर्दै लेखेका छन् कि श्रीलंकाले कति एसिया कपको उपाधि जित्यो भन्ने उनलाई थाहा छैन र हाम्रा केटाहरूले छैटौं जितेर उनलाई याद दिलाइदिए ।
Facebook Comment