अष्ट्रियामा नेसासले दशैं तिहार विशेष कार्यक्रम गर्ने

अष्ट्रिया । नेपालीहरुको महान पर्व विजयादशमी तथा दिपावलीको अवसरमा नेसास अष्ट्रियाद्वारा आगामी अक्टोवर १ तारिख शनिबारको दिन दशैं तिहार विशेष कार्यक्रम गर्ने भएको छ ।
नेपाली गायक तुलसी सिवाकोटी तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ कार्यक्रम मनोरन्जनात्मक हुने नेसासले जनाएको छ ।
कार्यक्रममा अष्ट्रियामा रहेका नेपालीहरुलाई उपस्थितिका लागि नेसासले अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया
Facebook Comment