सलाहको गोलमा लिभरपुलको पहिलो जित

डिसी नेपाल
२९ भदौ २०७९ ८:३६

काठमाडौं। च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले पहिलो जित निकाल्ने क्रममा आयक्सलाई २-१ अन्तरले पराजित गरेको छ। समूह ए को खेलमा पहिलो जित निकाल्ने क्रममा लिभरपुलले आयाक्सलाई २-१ ले हरायो । लिभरपुललाई जित दिलाउन मोहमद सलाह र जोएल माटिपले एक एक गोल गरे। आयाक्सला मोहमद कुडुसले एक गोल गरे।

खेलको १७औं मिनेटमा सलाहले लिभरपुललाई अग्रता दिलाए। २७औं मिनेटमा मोहमद कुडुसले गोल गर्दै आयाक्सलाई १-१ गोलको बराबरीमा ल्याए । ८९ औं मिनेटमा माटिपले गोल गर्दा लिभरपुल २-१ ले विजयी भयो।

जितसँगै लिभरपुलले २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ। आयाक्स ३ अंक जोडेर तेस्रो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *