काठमाडौं महानगरले भेटायो गायब भएको टुकुचा खोला(भिडियो)
![काठमाडौं महानगरले भेटायो गायब भएको टुकुचा खोला(भिडियो)](https://www.dcnepal.com/wp-content/uploads/2022/09/306614540_473361838026977_6345865793190197251_n.jpg)
काठमाडौं । काठमाडौ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ । विहीबार महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा खनेर हेर्दा हातिसारस्थीत जय नेपाल हलको कम्पाउन्ड टुकुचा खोला भेटिएको हो ।
नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हलक्षेत्रमा गायब भएको बताउँदै स्थानीयहरुले उत्खननको माग गर्दै आएका थिए । टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर बिभिन्न स्थानमा खनेको थियो । जय नेपाल हलको कम्पाउन्डमा करिव १५ फिट खन्दा नै टुकुचाको वहाव भेटिएको हो ।
प्रतिक्रिया
Facebook Comment