बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय तोकेपछि फरार अशोक ७ वर्षपछि पक्राउ
मोरङ । बलात्कार मुद्धामा कसुरदार ठहरपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केराबारी–५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत मोरङले ३ चैत २०७२ मा गरेको फैसलाले बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय ठहर गरेको थियो। उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत मोरङको आदेशले फैसला कार्यान्वयनका लागि मोरङ कारागार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment