विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्यायो हटलाइन सेवा

डिसी नेपाल
१ असोज २०७९ २२:४६

मोरङ । विराटनगर महानगरपालिकाले हटलाइन (टोल फ्रि) सेवा सञ्चालनमा ल्याएको छ । महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।

“कुनै पनि गुनासा भए हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्ने यो सेवा चौबीसै घण्टा खुला रहनेछ”, उनले भने, “त्यस्ता गुनासा र समस्या प्राथमिकताका आधारमा समाधान गरिने छ ।” महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बर १६६०२१४२२२२ रहेको छ । महानगरवासीले इमेल गरेरसमेत आफ्ना गुनासा र सुझाव दिन सक्ने व्यवस्था मिलाइएको प्रमुख कोइरालाको भनाइ छ ।

उनका अनुसार केही हप्ता पहिलादेखि नै हटलाइन सेवा परीक्षणका लागि सञ्चालनमा ल्याइएको थियो । असोज १ गतेदेखि भने औपचारिकरूपमा सञ्चालनमा ल्याइएको हो । हटलाइन व्यवस्थापनको जिम्मा नगर प्रहरीलाई दिइएको उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन् । हटलाइनमार्फत आएका गुनासा र सुझाव नगर प्रहरीले टिपोर्ट गरेर प्रमुख एवं उपप्रमुखसहित सम्बन्धित महाशाखा र शाखा प्रमुखलाई उपलब्ध गराउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *