भगवान विष्णुलाई प्रसन्न बनाउन चढाउनुहोस् यी ५ फूल
काठमाडौं । भगवान विष्णुलाई प्रसन्न बनाएर आफ्नो मनोकामना पुरा गर्नका लागि यी ५ फूल चढाउनुहोस् । विष्णुको उपासना गरि सबै मनोकांक्षा पूरा गर्नको लागि धेरै फलदायी मानिन्छ। श्रीहरिलाई आफ्नो मनपर्ने फूल चढाएर चाँडै प्रसन्न बनाउन पनि सकिन्छ । थाहा पाउनुहोस् ती फूलहरु कुन कुन हुन् त ? ।
चाँपको फूल – चाँपको फूल भगवान विष्णु र श्रीकृष्णलाई अति प्रिय लाग्छ। बिहीबार श्रीहरिको पूजामा चम्पकको फूल चढाउँदा बैकुण्ठ प्राप्ति हुने जनविश्वास छ ।
अशोक फूल– अशोक फूलले भगवान विष्णुको पूजा गर्नाले शोकबाट मुक्ति मिल्छ। श्रीहरि प्रसन्न भएर भक्तका सबै कष्टहरू हटाउँछन् भन्ने जनविश्वास रहिआएको छ ।
कदमको फूल– भगवान विष्णुलाई कदमको फूल सबैभन्दा प्रिय फूल हो । श्रीहरिलाई कदमको फूल चढाउने व्यक्तिले मृत्युपछि यमराजको यातना भोग्नुपर्दैन भन्ने विश्वास छ । यमलोकको कष्टबाट मुक्ति मिल्छ भनिन्छ।
रातो गुलाफ – श्रीहरि विष्णुसँगै रातो गुलाबको फूल देवी लक्ष्मीलाई पनि मन पर्छ। रातो गुलाफले नारायण पनि चाँडै प्रसन्न हुन्छन् र भक्तका सबै खराब कर्महरू समाप्त गरिदिन्छन् भन्ने धार्मिक विश्वास छ । रातो गुलाफको फूल माता लक्ष्मीलाई चढाउँदा घरमा सधै माता लक्ष्मीको वास हुन्छ भनिन्छ ।
पहेँलो कमल – भगवान विष्णुको पूजामा पहेँलो रंगको विशेष महत्व हुन्छ । पहेँलो फूल, पहेँलो फल, पहेँलो वस्त्र विष्णुलाई धेरै मन पर्दछ । नारायणलाई पहेंलो कमल चढाउँदा मोक्ष प्राप्त हुन्छ।
Facebook Comment