बालविवाह न्यूनिकरण गर्न जुम्लामा साझा अभियान चलाइदै

जुम्ला । जुम्लामा बाल अधिकार बारे सचेतना र बालविवाह न्यूनिकरणका लागि साझा अभियान चलाइने भएको छ । बालबालिकाकाे क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाहरूले यस्तो अभियान चलाउन लागेका हुन् ।
यसका लागि जिल्लामा कार्यरत सबै गैरसरकारी संस्था एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले सहकार्यका लागि लुज फोरमको समेत गठन गरेका छन् ।जसमा पेस नेपालको संयोजकत्वमा किर्डाक नेपाल, क्याड नेपाल, नेपाल रेडक्रस सोसाईटी, सिएमसी र सांग्रिला एशोसियसनलगायतका संस्थाले वालविवाहविरुद्ध साझा अभियान शुरु गरेको पेस नेपालका कार्यक्रम अधिकृत हेमराज भट्टले बताए । उनका अनुसार कर्णाली प्रदेशमा कार्यरत २५ संस्थाको भेलाले अभियान सुरू भइसकेकाे छ ।
अभियानका संयोजक चेतन गिरीका अनुसार कर्णालीमा बालविवाहकाे दर घटेन भन्ने छ तर यसको एकिन तथ्यांक छैन । संस्थाहरूको साझा अभियानले यस विषयमा समन्वय गर्न सहयोग गर्न आवश्यक रहेको उनले बताए ।
अभियानले चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, सिंजा र कनकासुन्दरी गाउँपालिका नमूनाको रुपमा काम गर्ने भएको छ । संघ संस्थाहरूको साझा अभियानमा संञ्चार क्षेत्रलाई समेत जोडेका छन् ।
Facebook Comment