पोखरामा साल्ट ट्रेडिङको दसैं बजार, १८ रुपैयाँमा नुनको मात्रै व्यापार

पोखरा। सुपथ मुल्यको सामान बेच्न सरकारले नै सन्चालन गरेको साल्ट ट्रेडिङ कर्पोरेसनको गण्डकी प्रदेश कार्यालयले यो वर्ष नुन मात्रै बेच्ने भएको छ। ट्रेडिङका अन्य शाखाहरुले उपभोग्य सामग्री सस्तोमा बेचिरहेका बेला पोखराले भने नुनबाहेक अरु नबेच्ने भएको छ।
दसैं, तिहार र छठ पर्वका लागि हरेक वर्ष साल्ट ट्रेडिङले सुपथ सामग्री बेच्छ। यसअघि खसीबोकादेखि चामलसम्म विक्रि गरेको साल्टले अहिले नुन मात्रै बेच्न लागेको हो। चिनी र अन्य सामान आयात नहुँदा नुन मात्रै बेच्न लागिएको कार्यालय प्रमुख बासुदेव उपाध्यायले जानकारी दिए।
प्रतिकिलो नुनको मुल्य १८ रुपैयाँ छ। प्रत्येकले ६ किलोका दरमा नुन खरिद गर्न सक्ने उनले बताए। ‘पहिले सुपथ मुल्यका पसल चलाएका थियौं। अहिले नुन मात्रै आयात भयो। चिनी र अरु सामान आएन,’ उनले भने, ‘यो दसैंमा नुन मात्रै बेच्छौं।’ अघिल्लो वर्ष ३ किलो नुन र ३ किलो चिनी विक्री गरेको थियो।
त्यसअघि चामल, गेडागुडी,नुन, तेल, चिनी, साबुन लगायत दैनिक उपभोग्य बस्तुहरु विक्री गर्थ्यौ। बजारमा नै सामान सजिलै पाइने भएकोले आफुहरुले जोड नगरेको उनले बताए। चाडवाडमा बजाम महंगो हुने भएकोले कर्पोरेसनले नै सामान बेच्दा उपभोक्ताको विश्वास पाएको उनले सुनाए।
Facebook Comment