नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक

डिसी नेपाल
१४ असोज २०७९ १४:५१

काठमाडौँ। गण्डकी प्रदेशमा २८ असोजदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको तालिका सार्वजनिक भएको छ। २३ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा आइतबार गण्डकी प्रदेशले मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशको सामना गर्नेछ।

१ कात्तिकसम्म चल्ने प्रतियोगिताको हरेक दुई दिन समूह चरणको खेलहरु हुनेछन्। प्रतियोगिताको दुवै सेमिफाइनल खेलहरु ३१ असोज र फाइनल खेल १ कात्तिकमा हुनेछ।

प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट भने सम्पन्न भइसकेको छ। २३-३१ भदौगतेसम्म चलेको प्रतियोगितामा नेपाल पुलिस क्लबले स्वर्ण, त्रिभुवन आर्मी क्लबले रजत र सुदूरपश्चिम प्रदेशले कांस्य पदक जितेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *