निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुको आग्रह

भैरहवा । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले आगामी निर्वाचनमा राजनीतिक दलहरुको सहभागिता र क्रियाकलाप अनुशासित, आचारसंहितको पालना गर्दै मनाउन आग्रह गरेका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधीसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भैरहवामा मुख्य निर्वाचन अधिकृत कार्यालयको उद्घाटन गर्दैै उनले आगामी ५ वर्षका लागि भाग्य निर्धारण गरी नेतृत्व गर्नका लागि पठाउने अवसर भएकोले कस्तो खालको चुनाव गराउने भूमिका र जिम्मेवारी राजनितिक दलहरुको रहेको उनले बताए ।
रुपन्देहीको भैरहवामा बाल मन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे र मुख्य निर्वाचन अधिकृत कोइरालाले संयुक्त रुपमा कार्यालयको उद्घाटन गर्दै निर्वाचनलाई स्वतन्त्र, सुरक्षित र निष्पक्ष बनाउनका लागि आचारसंहिता पालना गराई निर्वाचन सफल बनाउने बताए । देशैभरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम अनुसार रुपन्देहीको ५ वटै क्षेत्रमा कार्यालय स्थापना भई उद्घाटन भएको छ ।
रुपन्देहीको क्षेत्र नम्बर १ को लागि देवदहको शितलनगर लुम्बिनी बौद्ध विश्वविद्यालय डिनको कार्यालयमा , क्षेत्र नम्बर २ को बुटवल उपमहानगरपालिकाको पुरनो भवनमा, क्षेत्र नम्बर ३ को बलामन्दिरमा, क्षेत्र नम्बर ४ को कोटहीमाई गाउपलिकाको कार्यालयमा र क्षेत्र नम्बर ५ को गैडहवा गाँउपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकारी भण्डारीले बताए ।
Facebook Comment