दशैंको खुशी र रोदन
दशैं त आयो कतिलाई उस्तै, रुने र हाँस्ने दिन रात जस्तै
धनी रमायो सब चीज खाई, गरीब रोयो सब ऋण लायी |१|
कति छ यसको महिमा अपार, हिन्दुहरुको यो ठुलो छ चाड
रमाई हिड्ने दिलदेखि सारा, दुर्गा भवानी सबको सहारा |२|
मान्छेहरुको घरमा छ बास, दुर्गा भवानी पुजियेर खास
चंगा उडाइ र पिङग्यै चढाई, बसेर रम्छन सब यी दिदैमा |३ |
हिमाललाई हिम नै छ प्यारो, गरीबलाई अति नै छ गारो
लाग्दैन कैले उसलाई घाम, तिर्थै घुमाए पनि चार धाम |४ |
धनीहरुले रसपान गर्ने, गरिब चाहिं यस भित्र नाच्ने
रम्यो रमायो यसले तमाम, बडा दशैं नहोस बेलगाम |५ |
जुवा र तास धनीको भनेर, गरीब रुने मन भित्र हेर
टिका लगाई जमरा जमायी, खुसि छन् सारा जगतै रमाई |६ |
निधार शोभा अति भिन्न लाग्छ, मानौ सबैको सब भाग्य जाग्छ
टीका छ यसको अति भाग्यमानी, लगाउनु सबैले अति मूल्य जानी |७ |
टीका र संगै आशिषको बहार, भाग्य र भविष्यको ढोका उघार
परम्परा हो यो सबलाई मिष्ठ, सबै रमाउँदछन रिष्ट पुष्ट |८ |
बसेर रम्छन हरपल घडीमा, बसेर खान्छन सब एक घरमा |९ |
बडाहरुको उपदेश अर्ति उम्रिरहन्छन सब बुद्धि शक्ति |१०|
पायिन्न यो चाड भुलेर फेर, अखण्ड बत्ति यसको बलेर |११|
जलेर सारा दुख: पाप हानी, जन्मिरहंछन सुख शान्त ज्ञानी
तसर्थ दशैं मनाऔं, सब मुल जानी |१२ |
Facebook Comment