दशैंको भोलिपल्ट पोर्चुगलमा एक नेपालीले ज्यान गुमाए

लिस्बन । पोर्चुगलमा दशैको भोलिपल्ट एक नेपालीले ज्यान गुमाएका छन्। बैदेशिक रोजगारीको सिलसिलामा ५ बर्ष अघि पोर्चुगल आएका बुटवल शंकरनगरका कपिल सिन्धौलीको अक्टोबर ६ तारिखमा हृदयघातका कारण निधन भएको बुझिएको छ ।
अन्दाजी २७ बर्षीय उनी पेगोईसमा बस्दै आएका थिए । उनको मृत्युपछि थप अनुसन्धानका लागि प्रहरीले शव अस्पताल लगेको छ । उनको निधनले पोर्चुगलको नेपाली समाज शोकमा डुबेको छ ।
प्रतिक्रिया
Facebook Comment