यौवनको वियोग
यो छोटो लेख निबन्धमा उद्गार गरिएका भावनाहरु लेखकको एक कल्पनामात्र हो। कसैको जीबनमा मेल खान गएमा यसलाई संयोगमात्र भएको ठान्नु होला।
रातको प्रथम प्रहरमा नै आफ्नो प्रेमिकाले एक प्रेमीलाई छोडी अदृश्य भएपछि आफ्नी प्रेमिकाको यादमा एउटा प्रेमीले उनको सम्झनामा पोखिएको भावनाको उद्गार यस प्रकार छः
किन मबाट अकस्मात टाढा भयौ? किन मलाई टाढा दिएर गयौ? यो दिललाई यसरी ठक्कर दिई कहाँ गयौ?
भन मेरो गल्ती के छ? जाउँ भने काहा जाउँ यो मेरो युबाबस्थालाई लिएर। कसैले यो मेरो वियोग सुनेनन्। कसैले बुझेनन्। तिमी बिना त यो संसार अन्धकार छ, रसहीन छ। यो वियोगमा एक प्रेमीको आँखाका आँसुका धारा बग्न छोडेनन्।
हृदयले उनका काहानी आँसुबाट भनेको भन्यै छ। दुई मुठी सास के प्रेमीको हृदयबाट फेरि रहेको छ, त्यही हरेक सासमा उनको नाम दोहोरिरहेको छ र भन्छ, हरे शिव! म जस्तो अभागी प्रेमी आज यस दुनियामा अर्को को छ। अब त यो संसार प्रेमिकाको ठेगानाबाट टाढा टाढा भएको छ। उनको आलापबाट टाढा भएको छ।
हरे शिव! यदि यो हृदय कसैले नलुटेको भए र यदि यो आँखाबाट बलिन्द्र आँसु नबगेको भए, कहिल्यै अँध्यारो नहुने भएको भए बत्ती किन बाल्नु पथ्र्यो र। त्यसरी नै हे संसारको मालिक! हे इश्वर! त्यस्तै मेरी ती प्रेमिकालाई टाढा नराखी दिएको भए भगवान तिमीलाई म किन दुखः दिन्थें र।
मध्य समयको युबाबस्थामा हे सखा! तिमीले मलाई यसरी छलेर छाडेर गयौ कि म कहीं पनि नबिक्ने गरी। के त्यस्तो मबाट गल्ती भयो जसबाट म यसरी तिरस्कृत भई घर न घाटको भएँ। तसर्थ कि मलाई घर लैजाउ कि घाट।
तर यसरी घर न घाटको नबनायिदेउ। तिमीलाई के थाहा आजको रात कति आनन्दको रात छ ्र मा तिम्रो यादमा बहुत वियोगमा छु। यस्तो समय फेरि आउँदैन। हेर, आज मेरो हृदयमा तिम्रो आनन्दको मस्त हावा र आनन्दको वर्षा भईरहेको छ।
तिमी आउँछौ भने तिम्रा आउने बाटामा मेरा सारा आँखाहरु ओछ्याई दिन्छु। भन तिम्रा कुराहरु म राम्ररी सुन्दछु। त्यस्तै मेरो पनि प्रेम र यौवनले भरिएका मन भरीका बियोगहरु सुन। हे सखा!
तिमी जहाँ र जुन अबस्थामा भएपनि एकचोटी यी मेरा प्रेम र युबाबस्थाले भरिएको मेरो शरीरमा एक चोटी स्पर्श गर र आपूुमा समाहित गर। रात धेरै धकेलिइरहको छ। समय बहुत कम छ। भोलि त फेरि मेरो सुन्दर अन्धकारलाई बिहानीपखको उज्यालोले पर्दा उघारी मलाइ लाज्बंत बनाइ लुकाई हाल्छ।
तसर्थ म एक रातको राजालाई भेट्न डोली लिएर आऊ। “हिमालको पानी भन्दा चोखो र बर्षादको बादल भन्दापनि त्यो तिम्रो शितल माया “अब म काहा पाउँछु। यो व्यथाको कथा र “यौटा गीत मेरो हार हो कि जीत हो “ र हामीबीचको यो साइनोको एउटा गीत बनेको छ। संसारले जे भनुन्। प्रेमको वियोगमा गुज्रेको जीबन यस्तै हुन्छ। संसारले तिम्रो ठेगाना सोधे भने बहाना म संसारलाई के बहाना बनाउँ?
यदि मैले भन्न सकिन भने मैले स्वयंलाई घोप्टो पारी बस्नु पर्ने हुन्छ। यस्तो गतिले मेरो संसारको डुंगा कसरी चल्छ र? आज पानीको भेलमा कतै डुंगा पल्टिनेत होइन?
ओहो! रात धेरै छिप्पिसकेको छ। सूर्यको लालीको रंग बढ्दै छ। उदाउनै लागेको छ। अनि भोलि त फेरि अहिलेको युवापनमा फर्किन सक्दिन र सूर्यको किरणको पहिलो पहरको उज्यालोमा फेरि उत्तरी हिमालको टाकुरामा सुनको श्रीपेचबाट सजियी संसारलाई मेरो युवापनको दोश्रो चरणको लहर फेरि आह्वान गर्नेछु कि म तिम्रो प्रतिक्षामा भोलिको रात फेरि आउनेछु या साँझको समयमा पश्चिमा फेरि अस्ताउनेछु।
Facebook Comment