एमाले सचिव रायमाझीविरुद्ध अर्घाखाँचीमा भुसालको स्वतन्त्र उम्मेदवारी

अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीविरुद्ध अर्घाखाँचीमा स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष समेत रहेका पत्रकार भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका सचिव रायमाझीसहित निवर्तमान उपसभामुखसमेत रहेकी कांग्रेस नेतृ पुष्पा भुसालले समेत प्रतिनिधीसभा सदस्यको लागि उम्मेदवारी दर्ता गरेकी छन् ।
केन्द्रमा गठबन्धन रहेको भनिए पनि अर्घाखाँचीमा विभिन्न दल तथा व्यक्तिले उम्मेदवारी दर्ता गरेका छन् । ओली गठबन्धनमा रहेका राप्रपा र सत्ता गठबन्धनमा रहेका जनमोर्चा र नेकपा एकीकृत समाजवादीका नेताले समेत उम्मेदवारी दर्ता गरेका छन् ।
Facebook Comment