विश्वकपको फाइनल वेस्ट इन्डिज र अस्ट्रेलियाबीच हुने क्रिस गेलको भविष्यवाणी
काठमाडौं । वेस्ट इन्डिजका पूर्व क्रिकेटर क्रिस गेलले अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपका लागि ठूलो भविष्यवाणी गरेका छन् । प्रतियोगिता अक्टोबर १६ बाट सुरु हुँदैछ । पहिलो खेल श्रीलंका र नामिबियाबीच हुनेछ ।
भारत र पाकिस्तानबीच ट्रफीका लागि निर्णायक खेल हुनसक्ने धेरै क्रिकेट विज्ञहरुको दाबी छ । पहिलो टी–२० विश्वकप भारतले जितेको थियो भने दोस्रो संस्करणमा पाकिस्तानले उपाधि जितेको थियो । दैनिक जागरणलाई दिएको अन्तर्वार्तामा गेलले भने, ‘मलाई लाग्छ फाइनल खेल वेस्ट इन्डिज र अस्ट्रेलियाबीच हुनेछ ।’
तर, यो दाबीसँगै उनले यो पनि भने कि टी–२० विश्वकपमा वेस्ट इन्डिजका लागि धेरै विशेषज्ञ खेलाडी टोलीमा नरहेकोले बाटो सहज नहुने बताए । उनले भने, ‘वेस्ट इन्डिजका लागि यो बाटो निकै कठिन हुनेछ किनभने टोलीका कप्तान नयाँ छन् । किरोन पोलार्ड, आन्द्रे रसेल र ब्राभो टोलीमा छैनन्।’
यी बाहेक सुनिल नारायण पनि टोलीमा परेका छैनन् । शिमरोन हेटमायर पनि दुई पटक अष्ट्रेलियाको उडानमा छुटेका कारण टिमबाट बाहिरिएका छन् । गेलका अनुसार वेस्ट इन्डिज ‘खतरनाक टोली’ हो र यदि खेलको आधारमा सही रणनीति बनाइयो भने चीजहरू उनीहरूको पक्षमा जान सक्छ।
उनले भने, ‘पक्कै पनि टोलीमा छनोट भएका खेलाडीहरु धेरै प्रतिभाशाली छन् र जुनसुकै टोलीका लागि खतरनाक साबित हुन सक्छन् । सबैलाई थाहा छ, यो सबै सही रणनीति मा निर्भर गर्दछ। मलाई आशा छ टोलीले राम्रो खेल्छ ।”
Facebook Comment